१३ असार २०७९, सोमवार

औरहीमा विद्युत् नहुँदा अँध्यारो

२०७४,पुष,३०,आईतवार ०५:४७

0
Shares

राजविराज, ३० पुस । सप्तरीको अति विकट मानिएको डाकनेश्वरी नगरपालिका–३, औरही गाउँमा बिजुली नहुँदा जनता अँध्यारोमा दिन बिताउँदैछन् ।

भारतीय सीमा नाकासँग जोडिएको सो गाउँमा अहिलेसम्म बिजुली नपुगेको स्थानीयवासी देवकुमार यादवले बताए । सदरमुकाम राजविराजदेखि पश्चिम दक्षिणमा अवस्थित सो गाउँमा हालसम्म विद्युत् नहुँदा मोबाइल चार्ज तथा गहुँ– धान कुटाउनीपिसाउनी गर्नसमेत समस्या हुने गरेको गुनासो उनले गरे ।

दलित, मुसलमान र यादवको बसोबास रहेको उक्त गाउँमा करिब पाँच वर्ष अगाडि नेपाल विद्युत् प्राधिकरणले खम्ब गाडे पनि अहिलेसम्म तार नदिएका कारण बिजुली बाल्नबाट आफूहरु वञ्चित भएको स्थानीयवासी मुकेशकुमार यादवले बताए ।

तीन सय घरधुरी रहेको साविकको औरही गाविसबाट रु तीन लाखमा खम्बा र तारका लागि बजेट छुट्याइए पनि हालसम्म विद्युत् नपुग्दा आफूहरुलाई भारतीय गाउँमा मोबाइल चार्जलगायत अति अवाश्यक काम गर्न जानुपर्ने बाध्यता रहेको मिरदुल यादवले दुखेसो पोखे । यता प्राधिकरणले भने त्यहाँ छिट्टै विद्युत् दिइने जनाएको छ ।

प्रकाशित मिति: २०७४,पुष,३०,आईतवार ०५:४७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । मोरङ प्रहरीले ८ किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । आइतबार साँझ जिल्लाको सुन्दरहरैचा नगरपालिका–५ मा शंकास्पद

काठमाडौं । मस्तिष्काघात उपचार सेवामा नेपाली नसारोग चिकित्सकले हासिल गरेको उपलब्धिलाई भारतीय नसारोग विशेषज्ञ चिकित्सकले उच्च प्रशंसा गरेका छन् ।

बाजुरा । बाजुराका एक सयभन्दा बढी गाउँ बाढीपहिरोको उच्च जोखिममा छन् । जिल्ला प्रशासन कार्यलय बाजुराको तथ्यांकअनुसार नौवटै स्थानीय तहका

सुर्खेत । कर्णाली प्रदेशको जलस्रोत तथा उर्जा विकास मन्त्रालयले ठूला आयोजनामा लगानी सुरु गरेको छ । साना आयोजनाभन्दा पनि प्रतिफल

ताजा समाचार

गाडीमा लिफ्ट दिँदा गाडी नै लुटेर टाप !
 २०७९,असार,१३,सोमवार १६:३५