२६ कार्तिक २०७६, मंगलवार २१:००

कम्मरको दुखाइबाट छुटकारा पाइने घरेलु उपाय


प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलवार २१:००

बढ्दो तनाव, अनियमित दिनचर्याका कारण कम्मरको दुखाइ समस्या हरेकमा उत्पन्न भएको छ । अचम्मको कुरा के छ भने जसलाई यो समस्या सुरु हुन्छ, धेरैजसो मानिसहरुमा १.५ देखि ३ महिनामा स्तवः ठिक हुन्छ । तर ५ प्रतिशत मानिसहरु यस्ता पनि हुन्छन् जसमा यो समस्याले नसालाई प्रभावित समेत गर्दछ ।

धेरैजसो मानिसहरुलाई कम्मरको मध्य र तल्लो भागमा पीडा महसुस हुन्छ । यसले काम गर्न समस्या खडा गरिदिन्छ । हाम्रा केही बानीमा परिवर्तन ल्याएर यसबाट निकै हदसम्म छुटकारा पाउन सकिन्छ ।

किन दुख्छ कम्मर:
– मांसपेशिहरुमा अत्यधिक तनाव ।
– अत्यधिक तौल
– गलत तरिकाले बस्नु
– सधैंजसो अग्लो हिल भएको जुत्ता लगाउनु
– गलत तरिकाले अत्यधिक गह्रुँगो तौल उठाउनु
– लामो समयसम्म बिरामी हुनु
– अत्यधिक नरम डसनामा सुत्दा

कम्मर दुखाई बाट बच्ने घरेलु उपायः
– ताउलाई आगोको सानो आँचमाथि बसालेर त्यसमाथि ज्वानो हाल्नुहोस् र एकछिन चलाउनुहोस् । त्यो चिसो भएपछि थोरै मुखमा हाल्नुहोस् र बिस्तारै चपाउनुहोस् र निल्नुहोस् । यसको नियमित सेवनले कम्मर दुख्ने समस्या हट्दै जान्छ ।
– धेरै बेरसम्म एउटै स्थान र पोजिसनमा बसेर काम नगर्नुहोस् । हरेक ४० मिनेटपछि आफ्नो कुर्सीबाट उठेर थोरै हिँड्नुहोस् ।
– नरिवलको तेल तताउनुहोस् र त्यसमा लसुनको तीनचार पोटी हल्का रातो नहुञ्जेलसम्म फुराउनुहोस् । यो तेल मनतातो भएपछि कम्मरमा मालिश गर्नुहोस् । दुखाई कम हुन्छ ।
– नुन हालेको तातो पानीमा रुमाल हालेर निचोर्नुहोस् । त्यसपछि घोप्टो परेर सुत्नुहोस् । दुखेको ठाउँमा रुमालले सेक्नुहोस् । कम्मर दुखाईबाट राहत पाउनका लागि यो अचुक उपाय हो ।
– नरम सीट, म्याट्रेस, डनलपमा नबस्नुहोस्, नसुत्नुहोस् । कम्मर दुख्ने मानिसहरुले कम नरम डसनाहरुमा सुत्न आवश्यक छ ।
– योगाले पनि कम्मर दुखाईलाई लाभ गर्छ । कम्मर दुखाईका योगासन योगगुरुको रेखदेखमा नै गर्न आवश्यक छ ।
– क्याल्सियमको कमीले पनि हड्डी कमजोर हुन्छ त्यसकारण क्याल्सियमयुक्त खानेकुराको सेवन गर्नुहोस् ।
– कराईमा दुई तीन चम्चा नुन हालेर त्यसलाई राम्रोसँग तताउनुहोस् । यो नुनलाई अलि मोटो सूतीको कपडामा बाँधेर पोको बनाउनुहोस् । उक्त पोकोले कम्मरमा सेक्नुहोस्, आराम प्रदान गर्दछ ।

– अफिसमा काम गर्दा कहिले पनि ढाडको सहारामा नबस्नुहोस् ।
– कम्मर दुख्ने समस्या भएकाले व्यायाम गर्न पनि आवश्यक छ । स्विमिङ र साइक्लिङ यसको लागि राम्रो व्यायाम हो ।

प्रतिक्रिया दिनुहोस
ट्याटुका शौखिनहरु ७ तस्वीरमा

काठमाडौं । अचेल युवा पुस्ता ट्याटु भनेपछि हुरुक्कै हुन्छन् । शरीरका विभिन्न भागमा

बैतडीमा २१६ थान हतियार सङ्कलन

काठमाडौं । प्रहरीले २१६ थान हातहतियार सङ्कलन गरेको छ । गृह मन्त्रालयको हतियार

यसरी गरिँदैछ १३ औँ सागको समापन समारोह

काठमाडौ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) मंगलबार सकिँदैछ । सागको समापनमा

तीन सय क्षयरोगी फेला

काठमाडौं । महोत्तरीमा विगत दुई वर्षको अवधिमा ३०५ क्षयरोगका बिरामी फेला परेका छन्