काठमाडौं, ३० पुस । इङलिस क्लब चेल्सीले खराब लय जारी राख्दै लगातार चौथो खेलमा बराबरीमा रोकिएको छ प्रिमियर लिग फुटबलअन्र्तगत शनिबारराति भएको खेलमा चेल्सी लेस्टर सिटीसँग गोलरहित बराबरीमा रोकिएको हो प्रिमियर लिग अन्तर्गत शनिबाररातिकै अर्को खेलमा टोटनह्याम हट्सपरले एभर्टनलाई ४–० ले पराजित गरेको छ आफ्नै मैदानमा भएको खेलमा टोटनह्यामलाई विजयी गराउन ह्यारी केनले दुई गोल गरे भने ह्युङ मिन सन र क्रिश्चियन एरिक्सनले १–१ गोल गरे यस्तै क्रिष्टल प्यालेसले बर्नलीलाई १–० ले हराउँदा वेष्टह्याम युनाईटेडले हडर्सफिल्ड टाउनलाई ४–१ कोे फराकिलो अन्तरले पराजित गर्दा वेष्ट ब्रोमले ब्राईटनलाई २–० ले हरायो शनिबाररातिका अन्य खेलमा वाट्फोर्ड र साउथह्याम्पटनले २–२ गोलको तथा न्युकासल युनाईटेड र स्वान्सी सिटीले १–१ गोलको बराबरी खेलेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








                    
                    
                    
                    
                    
                    
                    
                    
प्रतिक्रिया