उप-निर्वाचन कास्की : कांग्रेसका ८३ बर्षीय बृद्धले गरे दिनभर घर दैलो

काठमाडौं । नेपाली कांग्रेस कास्की क्षेत्र नं २ को निर्वाचन प्रचार प्रसार अनुसार बुधवार पोखरा १७ मा घर दैलो अभियान गरेको छ । विरौटा स्थित राममन्दिरवाट सो घरदैलो अभियान सञ्चालन गरिएको हो । अभियानमा कांग्रेस उमेद्वार खेमराज पौडेललाई जिताउन भन्दै पोखरा पुम्दी भुम्दीका ८३ बर्षीय बृद्ध थमबहादुर गुरुङ दिनभरि घरदैलोमा जुटेका थिए । उनले कांग्रेसमा निष्ठावान व्यक्ति उठेको भन्दै आफू बुढेसकालमा पनि पछि पछि लागेको वताए । कांग्रेसका केन्द्रीय सदस्य डा मिनेन्द्र रिजाल सँगै खेमराज पौडेल भोटमाग्न घरदैलोमा पुगेपछि स्थानीयवासीले खुशी प्रकट गरेका थिए ।

सो अवसरमा स्थानीय जनताले पानी, वाटोघाटोको असुविधा जस्ता कुराको माग गरेका थिए । स्थानीय भगवती शर्माले जसले पानी दिन्छ उसैलाई भोट दिने वताइन् । विगतको चुनावमा भोट माग्न आउनेले पानी नदिएको भन्दै अहिले जसले पानी घरमा ल्याइदिन्छ उसैलाई भोट दिने वताइन् । कांग्रेसका केन्द्रीय सदस्य डा मिनेन्द्र रिजालले यो निर्वाचन मार्फत वर्तमान सरकारका बदमासी विरुद्ध भएकोले रुख चिन्हमा मतदान गर्न स्थानीय मतदातालाई आग्रह गरे । यस्तै नेपाल किसान संघ कास्कीले कास्की क्षेत्र नं २ को उपनिर्वाचनलाई लक्षित गर्दै भेषराज पराजुलीको संयोजकत्वमा २ सय ५५ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ ।

जस अनुसार वडा नं १५ को संयोजकमा भेषराज पराजुली, १६ मा अमृत श्रेष्ठ, १७ मा विश्वराज आचार्य, ४ मा वसन्त पराजुली, ९ मा योगेन्द्र वाटाजू, २० मा माधव सिग्देल, ११ मा मुकु्न्द ज्वाला, ७ मा डिल्लीराम वराल, ३३ मा ढकनाथ कँडेल, २१ म बालकृष्ण भण्डारी र ८ मा कृष्णप्रसाद सिग्देललाई संयोजक चयन गरेको नेपाल किसान संघ कास्कीले जानकारी दिएको छ । वडामा चयन भएका यी संयोजकहरुले तत् स्थानका मतदाताहरुलाई एकाकार गरी रुख चिन्हमा मतदान गर्ने संयोजक भेषराज पराजुलीले जानकारी दिए । यसैवीच नेपाली कांग्रेस वडा नं ९ ले पनि आफ्नो वडामा मंगलवार घरदैलो कार्यक्रम जारी राखेको इकाई सभापति उमा ठकुरीले जानकारी दिएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?