काठमाडौँ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भारतसँगै चीनतर्फ पनि नेपाली सीमा सुरक्षित नभएको भन्दै सरकारको ध्यानकार्षण गराउनुभएको छ । भारतले सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सामा नेपाल भूभाग रहेको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रमा भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता ल्याउन सरकारले तत्काल पहल गर्नुपर्ने बताउनु भएको छ ।
नेपालको भौगोलिक अखण्डताको रक्षाका लागि सरकारसँग काँधमा काँध मिलाउन कांग्रेस तयार रहेको उहाँले बताउनु भयो । नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले हेटौंडामा आयोजना गरेको कार्यक्रममा नेता पौडेलले भन्नुभयो , ‘अस्ति सर्वदलीय बैठकमा हामी सबैले प्रधानमन्त्रीलाई कूटनीतिक पहल गर्नुस् भनेका छौं । प्रधानमन्त्रीले कति सम्म गर्न सक्नुहुन्छ , अब हेर्नुछ ।’
यस्तै सडकमा नारा लगाएर मात्र अतिक्रमित भूमि फिर्ता नहुने भन्दै सरकारले तत्काल भारतसँग राजनीतिक तथा कूटनीतिकस्तरमा संवाद गर्नुपर्ने उहाँको भनाइ रहेको छ । उहाँले भन्नुभयो, ‘कुरा गर्नुपर्ने ठाउँमा नगर्ने, यहाँ कुरा गरेर जनतालाई झुक्याउने ?
भारतको यो कदम अन्तरराष्ट्रिय कानूनको विपरीत नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथिको ठाडो हस्तक्षेप भएको बताउनु भयो । नेपालका भूभाग भारत र चीनतिर बाट भएको अतिक्रमणको विरोध जनाउनु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया