‘एनसेल सुपर सेलर’ योजना अन्तर्गत ग्राहकले पाए उपहार

काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले खुद्रा विक्रेताहरुलाइ बिभिन्न पुरस्कारहरु वितरण गरेको छ ।

लिमिटेडको हाल संचालनमा रहेको ‘एनसेल सुपर सेलर’ योजना अन्तर्गत काठमाडौं र ललितपुर जिल्लाका पहिलो १४ पोइन्ट अफ सेल्स् (पिओएस)रखुद्रा बिक्रेतालाई पुरस्कार वितरण गरेको हो । सोमबार एक कार्यक्रम गरि आफ्ना ग्राहकहरुलाइ माउन्टेन बाइक, ल्यापटप, सुन र वासिङ्ग मसिन जस्ता उपहारहरु प्रदान गरेको हो ।

लिमिटेडलको यस उपहार योजना अन्तर्गत १४ खुद्रा बिक्रेताहरुलाई एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङ्ग, कलाकार प्रियंका कार्की, गायक शिव परियार तथा प्रख्यात क्रिकेट खेलाडी सन्दिप लामिछानेले सोमबार संयुक्तरुपमा पुरस्कार हस्तान्तरण गरेका थिए ।

पुरस्कार पाउनेहरुमा ओम साई राम कम्युनिकेसन (मनमैजु),सार्प सोलुसन (कलंकी), टिआरएल इलेक्ट्रोनिक सप (नयाँबजार), रिजन डेरी (बसपार्क), एम।के स्टोर (सतुंगल), डिआर भिजन सेन्टर (ठमेल, पिपलबोट) र श्री पशुपति इन्टरप्राइजेज् (नयाँबजार) गरी सात खुद्रा बिक्रेताहरुले यस योजना अन्तर्गत २४ क्यारेटको १—१ तोला सुन पुरस्कार पाएका छन । यी पिओएस/खुद्रा बिक्रेताले यो योजनाको ‘गोल्ड’ समुह अन्तर्गत सुन पुरस्कार जित्न सफल भएको कम्पनले जनाएको छ ।

साथै सिल्भर समुह अन्तर्गत अन्य चार खुद्रा बिक्रेताहरु एन.बि.टी मोबाइल मर्मत सेन्टर (जोरपाटी), राज इन्टरनेशनल ट्रेडर्स (सामाखुसी), बिकी इलेक्ट्रोनिक्स् (इमाडोल)तथा राना स्टोर (मिलन टोल)ले माउन्टेन बाइक साइकल प्राप्त गरेका तथा सरस्वती खाद्य स्टोर (भैंसेपाटी) तथा न्यू कन्काई स्टोर (नयाँ बानेश्वर)ले एक एक थान ल्याप जित्न सफल भएका छन् । साथै बालाजुको दामोदर फ्रेम पसलले यसै योजना अन्तर्गत वासिङ्ग मेसिन जित्न सफल भएको छ ।

नेपालभरि नै आफ्ना खुद्रा बिक्रेताहरुलाई लक्षित गरी एनसेलले ‘एनसेल सुपर सेलर’ योजना गत २०७५ चैत्र १ देखि २०७६ पुषसम्म संचालनमा रहनेगरि यो योजना लागू गरीएकाे छ ।

साथै यस योजनामा सामेल हुनका लागि खुद्रा बिक्रेताले एनसेलको रिचार्ज कार्ड, सिम कार्ड वा भिएफटी (भर्चुअल फण्ड ट्रान्सफर) खरिद तथा बिक्रीको कारोबार गरी आफ्नो प्रत्येक कारोबारका आधारमा लाखौंको उपहारहरु जित्न सक्नेपनि कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?