१६ असार २०७९, बिहीवार

अध्यागमन कार्यालय खोल्न पहल गर्ने : राजदूत पुरी

२०७४,पुष,३०,आईतवार ०४:३७

9
Shares

इलाम, ३० पुस । भारतीय राजदूत मञ्जिवसिंह पुरीले इलामको पूर्वी पशुपतिनगरमा अध्यागमन कार्यालय राख्न पहल गर्ने बताए शनिबार पूर्वी सीमा नाकाको स्थलगत निरीक्षण गर्न पशुपतिनगर आउनुभएका राजदूत पुरीले स्थानीयले वर्षौंदेखि राखिरहेको अध्यागमन कार्यालयको मागबारे आफूले केन्द्र तहसम्म पहल गर्ने बताएका हुन् । सूर्याेदय नगरपालिकाका प्रमुख रणबहादुर राईलगायतका जनप्रतिनिधिसँग कुराकानी गर्दै उनले नेपाल–भारत व्यापार प्रवद्र्धनका लागिसमेत आफूले पहल गर्ने विश्वास दिलाए “हामी दुई देशको सीमा क्षेत्रको भौतिक संरचनाको विषयमा हेर्दैछौँ, दुवै क्षेत्रका नागरिक र व्यापारका लागि सहज बनाउने प्रयत्न गर्छु”– राजदूत पुरीले भने झापाको काँकडभिट्टा नाकाको निरीक्षणपछि इलाम आउनुभएका राजदूत पुरीले भन्सार कार्यालय, सीमा क्षेत्रलगायतको स्थलगत निरीक्षण गरे । जनप्रतिनिधि र पशुपतिनगरका व्यवसायीले राजदूत पुरीसमक्ष पशुपतिनगरमा भन्सार, सीमा सडक विस्तार तथा स्तरोन्नति, क्वारेन्टाइन र अध्यागमन कार्यालय तत्काल खोल्न माग गरेका थिए ।

प्रकाशित मिति: २०७४,पुष,३०,आईतवार ०४:३७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । साउदी अरबस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई दिउँसो (मध्यान्ह १२ बजेदेखि दिउँसो ३ बजेसम्म) बाहिर घाममा काम नगर्न

काठमाडौं । ईजरायलले नर्सिङ क्षेत्रमा लैजाने नेपाली कामदारको प्रक्रिया रोकिएकोबारे नेपालले ध्यानाकर्षण गराएको छ । इजरायल जाने अन्तिम तयारीमा रहेका

गैरआवासीय नेपाली संघ )एनआरएनए)ले पशुपति क्षेत्रमा १०० कोठे सुविधा सम्पन्न बृद्धाश्रमको निर्माण गर्ने भएको छ । सोमबार सम्पन्न नवनिर्वाचित कार्यसमितिको

गैरआवासीय नेपाली संघको दशौँ महाधिवेशनको प्रयोजनका लागि विधानविपरीतका मतदाता राखी मतदाता नामावली प्रकाशित गरिएको भन्दै संघका पूर्वअध्यक्ष एवं प्रमुख संरक्षक

ताजा समाचार

एनआरटी र कारो एफसी भिड्दै
 २०७९,असार,१६,बिहीवार १२:२९
ओली भेट्न बालकोट पुगे वामदेव
 २०७९,असार,१६,बिहीवार १२:२७
यस्तो छ विदेशी मुद्राको विनिमयदर
 २०७९,असार,१६,बिहीवार १२:२१
लुम्बिनीमा ३३ प्रतिशत मात्र धान रोपाईं
 २०७९,असार,१६,बिहीवार १२:१४
पोखरा बसपार्क निर्माण प्रक्रिया सुरु
 २०७९,असार,१६,बिहीवार १२:०६