आजपनि बढ्यो सुन तथा चाँदीको मुल्य, कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुन तथा चाँदीको मुल्यमा बृद्धि भएको छ । साताको पहिलोे दिन आइतवार प्रतितोला छापावाला सुनको मुल्य ७१ हजार रहेको थियो । सोमवार तोलामा २ सयले बृद्धि भइ प्रतितोला छापावाला सुन ७१ हजार २ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुनको मुल्य ७० हजार ९ सय रहेको पनि महासंघले जनाएको छ ।

आज चाँदीको मुल्यमा पनि ५ रुपैयाँले बृद्धि भएको छ । आइतवार प्रतितोला ८ सय ४० मा कारोबार भएको चाँदीको मुल्य बृद्धि भइ तोलाको ८ सय ४५ कायम भइ कारोबार भइरहेको पनि महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?