प्रदेश नं.२ का १ सय स्थानीय तह कांग्रेसले जित्ला ? यस्तो छ अनुमान

ललितपुर, २९ भदौ ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा केन्द्रीय प्रचारप्रसार समन्वय समितिका संयोजक रमेश लेखकले यही असोज २ गते प्रदेश नं २ का जिल्लाहरुमा हुने स्थानीय तहको निर्वाचनमा कम्तिमा १ सय तहजित्ने दाबी गरेका छन ।नेपाली कांग्रेस केन्द्रीय प्रचारप्रसार समन्वय समितिले बिहिबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको पत्रकार सम्मेलनमा लेखकले उक्त दाबी गरेका हुन ।यही असोज २ गते प्रदेश नं २ का आठ जिल्लाका १ सय ३६ स्थानीयतहमा स्थानीय निर्वाचन हुँदैछ । जसमा एक महानगरपालिका(वीरगञ्जमहानगरपालिका), तीन उपमहानगरपालिका (कलैया,जीतपुर–सिमरा र जनकपुर), ६९ नगरपालिका र ६३ गाँउपालिकामा रहेका छन् ।नेपालीकांग्रेसले स्थानीय स्तरमातीन स्थानीयतह (गौर,मिथिला र निजगढ नगरपालिका)माप्रमुख र उपप्रमुख पदमाअन्य राजनीतिक दलसंग तालमेल गरेको छ ।प्रदेश नं २ का सबै जिल्लाहरुको प्रचारप्रसारमा सहभागीभएर भर्खरै फर्किएका समन्वय समितिका संयोजक लेखकले निर्वाचन प्रचारप्रसारको तयारी र प्रदेश नं २ का मतदाताको अपेक्षा,भावना र झुकाव हेर्दा यस चरणको निर्वाचनमा नेपाली कांग्रेस पहिलो पार्टी बन्ने र त्यो परिणामले स्थानीयतहको समग्र निर्वाचनमा नै नेपाली कांग्रेस पहिलो हुने विश्वास व्यक्त गरे ।नेता लेखकले नेपालीकांग्रेसले स्थापनाकालदेखि हालसम्म मधेश र मधेशवासीको हितमा गरेको कार्य नै २ नं प्रदेशको विजयको आधार भएको बताए । उनले मधेशीलगायत सम्पूर्ण भाषाभाषी, जनजाति, वर्ग समुदायकानागरिकको भावनालाई समेटेर संविधानलाई अझ अस्वीकार्य बनाउने सन्दर्भमा नेपालीकांग्रेसले लिएका कदम पनि निर्वाचन जित्नमा सहयोगीहुने दाबी गरे । नेता लेखकले संविधान संशोधनको प्रयासले नेपालीकांग्रेस देशका सबै भूभागका जाति, जनजाति, वर्ग,समुदायका नागरिकहरुका बीचमा विभेद र कटुता हटाउदै सौहार्द्र वातावरण सिर्जना गरी सबैको भावनालाई एकीकृत गरेर राष्ट्रियता बलियो बनाउन सक्रिय रहेको दावी गरे । यसको विपरित एमालेका नेताहरु मतभेद सिर्जना गरेर आपसी एकता कमजोर पार्ने कार्यमा सक्रिय रहेको पनि उनले आरोप लगाए ।नेता लेखकले नेपाली कांग्रेसले नै हालसम्म भएका उपलब्धिको रुपमाआएको संविधानलाई कार्यान्वयनगर्न गरिएको स्थानीय चुनावमा सबै राजनीतिकदललाई संलग्न गराउने वातावरण तयार पारेको पनिउल्लेख गरे ।नेता लेखकले तराई मधेशको समस्याको रुपमा रहेको बाढी र डुबान समस्याको समाधानमा प्रधानमन्त्री शेरबहादुर देउवाको हालैको भारत भ्रमणमा उल्लेख्य प्रगति भएको बताउदै तराईको विकासका लागि पनि कांग्रेसको नेतृत्वमाथुप्रै कामभएको दावी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?