‘लभ यु हमेशा’ मंसिर १३ गते प्रदर्शन हुने

काठमाडौं । कार्तिक २२ अर्थात गत शुक्रबार रिलिज हुने भनिएको प्रेमकथामा आधारित चलचित्र ‘लभ यु हमेशा’ मंसिर १३ बाट प्रदर्शनमा आउँने भएको छ ।

शुक्रबारबाट प्रर्दशन हुन्छ भनिएपनि अन्य चलचित्रहरु‘घामड शेरे’ र ‘जीवन काँडा की फूल’ प्रदर्शनका लागि सहज बनाउन लभ यु हमेशा मंसिर १३ मा पुर्याइएको चलचित्र बितरक रिच इन्टरटेनमेन्टका प्रमुख करण श्रेष्ठले बताउनुभयो ।

भास्कर प्रधानले निर्देशन गर्नुभएको ‘लभ यु हमेशा’ लाइ यवन गुरुङले निर्माण गर्नुभएको हो ।

साथै नेपालमा प्रर्दशनको लागी ढिला भएपनि दार्जिलिङ, सिलगुढी लगायतका केही स्थानमा भने यो फिल्म कार्तिक १५ गतेबाट रिलिज भएको निर्माण युनिटले जनाएको छ ।

भारतको कालेबुङ, सिलुगुढी तथा फिलिपिन्सका बिभिन्न स्थानमा खिचिएको फिल्मको छायाँकन शिब ढकालले गर्नुभएको हो । मिलन गुरुङ सहनिर्माता रहेको फिल्ममा भासुको संगीत, कमल राई र रामजी लामीछानेको कोरियोग्राफी र मिलन श्रेष्ठको सम्पादन रहेको छ ।

‘लभ यु हमेशा’ को लेखनी निर्देशक प्रधानले नै गर्नुभएको हो। ऋचा थापा, फिजा योञ्जन,गोपाल ढकाल (छन्दे), यशराज गरच, शिसिर राणा,करुणा श्रेष्ठ, निराजन मेहता, प्रमीला राई,सल्देन तामाङ, पिटी योल्मालगायतका कलाकारले अभिनय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?