यी ३ राशिले भुलेर पनि सुनका गहना लगाउनु हुँदैन

काठमाडौं । सुनका गहना कसलाई मन पर्दैन र ? सुन्दरतामा निखारता ल्याउन सुनले निकै महत्वपूर्ण भूमिका खेलेको हुन्छ । सुनको आफ्नै महत्व छ । धार्मिकशास्त्र र ज्योतिषशास्त्र अनुसार पनि सुनका गहना अत्यन्तै शुभ मानिन्छ ।

पृथ्वीमा रहेका मध्ये बहुमुल्य धातुको रुपमा लिइन्छ सुन र हिरा लगायतका धातुलाई । धातुको विभिन्न ग्रहसँग सम्बन्ध रहेको हुन्छ । सौर्यमण्डलामा रहेका ग्रहहरूले एक व्यक्तिको शरीरमा रहेको धातुको अनुसार असर देखाउँछ । त्यसैले धातु शरीरमा लगाउँदा ख्याल गर्नुपर्ने हुन्छ । कहिलेकाही शरीरको हालत धातुको गहना रहनाले विभिन्न ग्रहहरुको नकारात्मक असर हुने गर्छ भनिन्छ ।

सुनका गरगहनालाई लापरवाही गरिनु पनि गलत हो भन्ने गरिन्छ धर्मशास्त्र अनुसार। सुनको गहनाकै कारण भाग्यमा पनि असर गर्छ है भनेर धर्म शास्त्रले र ज्योतिष शास्त्रले बताएको छ ।यी कुराहरु झट्ट सुन्दा सामान्य हो तर हामीले ख्याल गर्दैनौं । सुनको गरगहनाले सबैलाई राम्रो गर्छ । सुन्दरतालाई बढवा दिनमा निकै महत्वपूर्ण भूमिका खेल्छ सुनका गरगहनाले । तर सुनका गहनाकै कारण भाग्यमा असर पर्न सक्छ ।

ज्योतिष शास्त्रका अनुसार विभिन्न तिन राशिका मानिसहरुले सुन लगाउनु हुँदैन ।

ती तीन राशि हुन् मेष राशि, कन्या राशी र धनु राशि । हाम्रा बाह्र राशिमध्ये यी तीन राशिले भुलेर पनि सुन लगाउनु हुँदैन

यी तीन राशि भएका व्यक्तिहरुले हातमा औंठी लगाउँदा पनि बाधा पुग्छ । यी राशि भएका व्यक्तिहरुले जिवनमा दुख मात्र पाइरहेका छन् भने भने सुन लगाउनु हुँदैन । यी व्यक्तिहरुले हातमा सुन लगाउनै हुँदैन । लगाउनै परे पनि चाडवाड र विशेष बेलामा मात्र लगाउनुहोस् यदि तपाइको राशि यी ३ मध्ये एक हो भने ।नत्र भने सुनका गरगहनाले तपाइको प्रगतिमा बाधा ल्याउँछ ।

ज्योतिष सत्र अनुसार तपाइको जिवनमा बाधा ल्याउने औंठी बेच्दा पनि तपाइको बाधा हटेर जाने ज्योतिष शास्त्रले बताउँछ ।सुन लागौनाले मेष, कन्या र धनु राशीको धन सम्पत्ति र उर्जामा नकारात्मक असर पैदा गर्छ ।
यी तीन राशि आफैमा उर्जाशील राशी हो ।सुनले उर्जा दिन्छ त्यसैले उर्जा बढी भयो भने त्यसले नकारात्मक उर्जा दिने ज्योतिषशास्त्रीहरु बताउँछन् । त्यसैले तपाइ आफ्नो जीवनलाई सजाउन चाहनुहुन्छ भने सुन लगाउने र सुन राख्ने विधि पनि जान्नुपर्ने हुन्छ ।
ज्योतिष शास्त्रका अनुसार मेष कन्या र धनु राशिले बायाँ हातमा सुन लगाउनु उचित होइन । यसो गर्दा दुर्भाग्य निम्त्याउछ भन्ने विस्वास गरिन्छ ।साथै सुन हराउनु र भेटाउनु पनि अशुभ मानिन्छ ।

सुन हराउँदा स्वास्थ्यमा समस्या आउछ र भेटिएको सुन घरमा राख्दा खर्च बढेर जाने बताइन्छ । सुन हराउनु र भेटाउनु ले पनि अशुभ बोल्छ । यदि तपाई दाम्पत्य जीवन सुखमय बनाउन चाहनुहुन्छ भने घाँटीमा सुनको सिक्री र चोरी औंलामा सुनको औंठी लगाउनुहोस् तर गर्भवती महिला र वृद्द सकेसम्म सुन नलगाउनुहोस । खुट्टामा सुन लगाउनु पनि अशुभ मानिन्छ । फलाम कोइला वा शनिसंग समबन्धित काम गर्ने मान्छेले पनि सुन लगाउनु हुँदैन । यो अशुभ मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?