रेड्मीकाे नयाँ स्मार्टफोन भोलीबाट बजारमा, यस्तो छ विशेषता र मुल्य

काठमाडौं । मोवाइल उत्पादनमा चिनियाँ चर्चित ब्राण्ड साओमी नेपालले रेड्मी सिरिजअन्तर्गत नयाँ स्मार्टफोन बजारमा ल्याउने भएको छ। नयाँ सिरिज अन्तर्गत बजारमा रेड्मी ८ र ८ए सोमबार सार्वजनिक हुने कम्पनीले जनाएको छ ।

६.२२ इञ्चको डिस्प्ले जडान गरिएको फोनमा ग्राहकलाई फोटो खिच्न र गेम खेल्न आनन्द हुने कम्पनीको दाबी रहेको छ । साथै डिस्प्लेमा कोर्निङ गोरिल्ला ग्लास प्रयोग गरिएको छ।

अहिले उक्त फोनको मुल्य तोकिएको छैन । साथै ग्राहकहरुलाइ आकर्षण गर्नेगरि मुल्य निधारण गरिने पनि कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार सामान्यतया फोनमा २ देखि ३ दिनसम्म चल्ने ५ हजार एमएएचको ब्याट्री क्षमता रहेको छ। भने साथमा फास्ट चार्जको सुविधा रहेको कम्पनीले जनाएको छ।

उक्त फोनमा उत्कृष्ट फोटोग्राफीका लागि आवस्यक सोनी आईएमएक्स३६३ सेन्सर जडान गरिएको क्यामरा राखिएको छ । साथै कम्वनीका अनुसार स्न्यापड्रयागन ४३९ प्रोसेर जडान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?