बढ्यो सुनको मुल्य, यस्तो छ आजको बजारभाउ

काठमाडौं । नेपाली बजारमा आज सुन तथा चाँदीको मुल्य बृद्दि भएको छ । शुक्रबार प्रतितोला छापावाला सुनको मुल्य ६९ हजार ९ सय रहेको थियो । तर आज तोलामा ११ सयले बृद्दि भइ प्रतितोला ७१ हजार रुपैयाँ कायम भइ कारोबार भइरहेको नेपाल सुन चाँदी व्यबसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुनको मुल्य ७० हजार ७ सय रहेको पनि महासंघले जनाएको छ ।

साथै साताको पहिलो दिन आज आइतवार चाँदीको मुल्य पनि ५ रुपैयाँले बृद्दि भएको छ । शुक्रबार प्रतितोला चाँदीको मुल्य ८ सय ३५ रहेको थियो तर आज मुल्य बृद्दि हुँदा प्रतितोला ८ सय ४० कायम भइ कारोबार भइरहेको पनि महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?