उडिरहेको विमानभित्रै महिलामाथि यौन दुर्व्यवहार भएपछि …

काठमाडौं । विमानभित्रै महिलामाथि यौनजन्य दुर्व्यवहार भएपछि जहाजलाई आपतकालीन अवतरण गराइएको छ । अमेरिकी विमानमा महिला यात्रुमाथि यौनजन्य दुर्व्यवहार भएपछि सो विमानको आपतकालीन अवतरण गराइएको हो ।
जेम्स क्लेटोन चोलेविन्स्की बोइड नामका ३२ वर्षीय पुरुष यात्रुले गएको साता विमानभित्र यौन दुर्व्यवहार गरेको एनबीसी न्यूजले जनाइएको छ ।

विमान नर्थ क्यारोलिनाबाट साल्ट लेक सिटीको लागि उडान गर्दा घटना भएको थियो सरकारी अधिकारीहरुले जनाएको बताइको छ । यो घटना मंगलबार भएको थियो । संघीय जाँच व्यूरोमा परेको उजुरीका अनुसार ती पुरुष यात्रुले नजिकै रहेकी महिला यात्रुको शरीरमा हात राख्ने लगायतका काम गरेका थिए । महिला यात्रुले हात हटाउँदा झन् जबरजस्ती गरेको पिडित महिलाले बताएकी छन् ।

महिलाले विमानका क्रुलाई त्यसबारेमा भनेपछि अर्कै सिटमा उनलाई सारिएको थियो । घटनापछि विमानका चालकले विमानलाई तुल्सा इन्टरनेशनल एयरपोर्टतर्फ लगेर अवतरण गराएका थिए । त्यसपछि सो पुरुष यात्रुलाई विमानबाट ओरालेर प्रहरीको जिम्मा लगाइएको थियो । तुल्सा विमानस्थलमा सो व्यक्तिलाई ओरालिएपछि विमानलाई साल्ट लेक सिटीतर्फ उडाइएको थियो ।

एफबीआईका अनुसार पछिल्ला दिनमा अमेरिकी विमानको उडानमा यौन दुर्व्यवहारका घटना बढ्दै गइरहेका छन् । सन् २०१७ मा यसखालका घटना ६३ वटा भएका थिए । जबकि २०१४ मा यसरी रिपोर्ट गरिएका संख्या भन्दा यो ३८ वटा बढी हो । ‘‘हामीले विमानभित्र यौन दुर्व्यवहारका घटना पहिलाभन्दा बढेको पाएका छौं,’’ एफबीआइका विशेष प्रतिनिधि डेभिड गेट्सले भनेका छन् । यस खालका कैयौं घटना रिपोर्ट नगरिएका पनि हुन सक्ने उनको अनुमान रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?