दराज अनलाइनले राति १२ बजेदेखि ११.११ सेल डे शुरू गर्दै, यस्ता छन् अफरहरु

काठमाडौं । नेपालको ठूलाे अनलाइन शपिङ साइट दराजले एक दिने सेल डे शुरू गर्न लागेको छ । संसारकै सबैभन्दा ठुलो मानिएको सेल डे ११.११ सेल आज आज रातको १२ बजेबाट सुरु गर्न लागेको हो ।

दराजको ६ बैंकिङ्ग पार्टनरहरु नेपाल इन्भेष्टमेन्ट बैंक, नबिल बैंक, सानिमा बैंक, मेघा बैंक, स्ट्यान्र्डड चार्टर बैंक र एनआईसी एसिया बैंकको डेबिट र क्रेडिट कार्ड प्रयोग गरि अनलाइन पेमेन्ट गर्दा थप २०५ अथवा मेगा सेलमा ३,५०० सम्मको छूटको व्यवस्था गरिएको छ ।

उक्त सेल योजना अन्तर्गत भाउचरहरु, फ्लेश सेल, ३००० भन्दाबढि विक्रेतासँग मिली ३ लाखभन्दा बढि सामानहरुमा आकर्षक छुटहरू लगायत अन्य धेरै अफरहरु हुने दराजले जनाएको छ ।

साथै दराज अनलाइनले उल्लेख गरे अनुसार यस आयोजनामा उपभोक्ताहरुले टप ब्रान्डहरुमा राम्रा मेगा डिलहरु पाउन सक्नेछन् । जस्तै, रेड्मी नोट ७ प्रो, हुवाइ पी ३०, र वान प्लस ७ मा ठूलो छूट हुनेछन् भने आइ फोन ११ प्रीअर्डर, र वान प्लस ७ टी प्रो को पनि लन्च हुनेपनि दराजले जनाएको छ ।

साथै सामसुङ, मिडीआ, विडीयोकोन, होम्ग्लोरी जस्ता ठूला ब्रान्डहरुले फ्रिज, एसी, टीभी, वाशीङ मशीन, रुम ग्यास हिटर, आदि सामानहरुमा ठुलो छुट दिनेछन् । यतिमात्र नभएर वलपूल, ब्ल्याक एंड डेकर, डेल, फिलिप्स, यासुदा, , फ्यान्टेक, मन्त्र, कमिलिआन्त, हिमालय, आडिडास, सोनाम गियर्स, एजीवि, प्रख्या, टाइटन्, भ्यान्स, रंगोली, नाइकी, गोल्ड्स्टार, ज्युवास, र व्यंजन जस्ता ब्रान्डहरुले पनि छूट दिनेछन् ।

दराजले उपभोक्तालाई ब्रान्डपिच्छे नै फरक–फरक छूटको व्यबस्था गरेको छ । तर उपभोक्ताहरुले ३० प्रतिशतदेखि लिएर ८० प्रतिशतसम्मकोे छूटको व्यवस्था रहेको छ । जस्तै, टाइटनका उत्पादनहरुमा २५ प्रतिशत को छूटस मन्त्रनाइकी, गोल्ड्स्टार, र ज्युवासका उत्पादनहरुमा३५प्रतिशत छूटस भ्यान्सका उत्पादनहरुमा ५०प्रतिशत सम्मको छूटस आडिडास र सोनाम गियर्सका उत्पादनहरुमा ७० प्रतिशतसम्मको छूट र अन्य आर्कषक व्यवस्था रहेको दराज अनलाइनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?