महिलाहरु च्याऊ खेती सक्रिय

गगन अयडी धनगढी पुस २९ । कैलालीका महिलाहरु कृषिमा आकर्षित भएका छन् धनगढी उपमहानगरपालिका वडा नम्बर १४ फूलबारी घाँगलटोलका महिलाहरु च्याऊ खेती सक्रिय भएका छन् । साना तथा मझौला कृषक आयस्तर बृद्धि आयोजनाको आर्थिक सहयोगमा सञ्चालित ओम केदार च्याउ तथा तरकारी फर्म जुगेडाको उप आयोजना अन्तर्गत फूलबारीमा रहेको कृषक समूह च्याउ खेती तर्फ आकर्षित भएको छ ४ लाख २६ हजार ५ सय रुपैया“ लागत लाग्ने समुहमा ओम केदार च्याउ तथा तरकारी फर्म जुगेडाले २ लाख ७७ हजार २ सय ५५ रुपैया“ अनुदान दिने जनाएको छ ५ कट्ठा क्षेत्रफलको जमिनमा लगाइएको च्याउ खेतीको लागि ५ वटा घरहरु निर्माण गरिएका छन् पछिल्लो समय यता महिलाहरु विभिन्न व्यवसायमा आर्कषित देखिएका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर १४ फूलबारी स्थित घागलटोलका महिलाहरु च्याऊ खेतीमा सक्रिय भएका हुन् घागलटोलका महिलाहरुको सक्रियतामा असोजदेखि सुरु गरेको च्याउ खेतीको फर्मले च्याउ उत्पादक कृषकका आयस्तर बढाउने, च्याउ प्रशोधन तथा दिगो बजारीकरण गरी च्याउ मुल्य श्रृंखलामा रहि रोजगारी सृजना गर्ने लगायतका उद्देश्य छन् । गे मेमा कृषक समुहकी अध्यक्ष कौशिला घर्ती मगरले सुरुमा समूहले देउसी खेलेर जम्मा गरेको रकम च्याउ खेतीमा खर्चेको र केहि व्यवसाय गरेर महिलाहरु आत्मनिर्भर बन्न सक्ने बताइन् सुरुमा व्यवसाय गर्नु पर्छ भन्ने सम्बन्धि कुनै ज्ञान नभएका घाँगलटोलका महिलाहरुले पछि च्याउ खेती सम्बन्धि तालिम लिएर व्यावसायिक रुपमा च्याउ खेतीमा लागेको कृषक समुहकी उपाध्यक्ष बिमा पुनमगरले बताइन् । गे मेमा कृषक समुहका महिलाहरु व्यावसायिक रुपमा अगाडी बढे पनि सुरुवाती चरण र प्रचारप्रसारको अभावले च्याउले बजार पाउन भने समस्या भएको छ सुरुमा काम गर्न अप्ठेरो भएको तर काम गर्दै जाँदा सहज हुदै गएको समूहकी सदस्य लक्ष्मी बुढामगरले बताइन् । फूलवारीको गे मेमा कृषक समुह उदाहरण मात्र हो । यस्ता व्यावसायिक काम प्रति बिभिन्न ठाउँका महिला समुहहरु बिभिन्न प्रकारका कृषि काम तथा व्यवसायमा आकर्षित हुने क्रम बढ्दो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?