७ चैत्र २०७९, मंगलवार

एक सय ९७ न्यायाधीश सरुवा

२०७४,भाद्र,२९,बिहीवार ०२:४०

0
Shares

काठमाडौँ, २९ भदौ- न्यायपरिषद्को बुधबार बसेको बैठकले स्थानीय निकायको निर्वाचन हुन गइरहेको प्रदेश नं. २ सहित देशभरका सबै जिल्ला न्यायाधीशको सरुवा गरेको छ । निर्वाचन आचारसंहिता लागू भएको अवस्थामा सरुवा–बढुवा गर्न नपाउने प्रावधानविपरीत न्यायाधीशहरूको सरुवा भएको छ ।न्यायपरिषद्का अध्यक्षमा प्रधानन्यायाधीश, सर्वोच्चका वरिष्ठतम न्यायाधीश, कानुनमन्त्री तथा राजनीतिक नियुक्ति भएका दुईजना सदस्य रहन्छन् । बुधबार प्रधानन्यायाधीश गोपाल पराजुलीको अध्यक्षतमा बसेको बैठकले १९७ जिल्ला न्यायाधीश सरुवा गरेको हो ।परिषद्को बैठकले उच्च अदालतमा रहेका तीन न्यायाधीशलाई सर्वोच्चमा सरुवा गरेको छ । त्यसरी सरुवा हुनेमा उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीस बमबहादुर श्रेष्ठ, उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीस डम्बरबहादुर शाही र उच्च अदालत पाटनका मुख्य न्यायाधीस टंकबहादुर मोक्तान छन् ।मुख्य निर्वाचन अधिकृत रहेका न्यायाधीसहरु मोहम्मद जुनेद आजाद भक्तपुर जिल्ला अदालतमा सरुवा भएका छन् । त्यस्तै जगतनारायण प्रधान जिल्ला अदालत ललितपुर सरुवा भएका छन् । महेन्द्रबहादुर कार्की पर्सा जिल्ला अदालतमा, मुरारीबाबु श्रेष्ठ चितवन जिल्ला अदालत, अमृतबाबु बस्नेत काठमाण्डौ जिल्ला अदालत, मेदनीप्रसाद पौडेल धनुषा जिल्ला अदालत र योगेन्द्रप्रसाद शाह कास्की जिल्ला अदालतमा सरुवा भएका छन्, नयाँ पत्रिकामा खबर छ ।

प्रकाशित मिति: २०७४,भाद्र,२९,बिहीवार ०२:४०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

काठमाडाैं । मुलुकले सङ्घीय गणतन्त्रात्मक व्यवस्थाको अभ्यास गर्न थालेको सात वर्ष पूरा भएको छ । संविधानले सङ्घ, प्रदेश र स्थानीय

काठमाडौं । गोंगबुस्थित नयाँ बसपार्क सञ्चालनको जिम्मा पाएको ल्होत्से बहुउद्धेश्यीय प्रा.लिले काठमाडौं महानगरपालिका (कामनपा)लाई तिर्नुपर्ने रोयल्टी (दस्तुर) नतिरेको पाइएको छ

ताजा समाचार

पटारमा ‘एक घर, एक धारा’
 २०७९,चैत्र,७,मंगलवार १२:३८
सराङघाट ‘सबस्टेशन’ सञ्चालनमा
 २०७९,चैत्र,७,मंगलवार १२:३०