अवैध लागूऔषधसहित पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-२६ गोंगबु चोकबाट अवैध लागूऔषध चरेश ४९ ग्रामसहित काठमाडौं च:मती बस्ने बाजुरा घर भएका १९ वर्षीय उपेन्द्र बुढालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले लैनचौरबाट गोंगबुतर्फ जाँदै गरेको बा.१ ज ९२१२ नम्बरको माईक्रोबस जाँच गर्ने क्रममा माईक्रोमा सवार उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

बाँके, नेपालगंज उपमहानगरपालिका-९ बाँके गाउँ बस्ने २५ वर्षीय राजु खटिकलाई अवैध लागूऔषध ब्राउनसुगर करिब २० ग्रामसहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट संयुक्त रुपमा खटिएको प्रहरीले रुपैडिहामा नेपालगंजतर्फ जाँदै गरेको भे.१ ह ११९२ नम्बरको अटो रिक्सा जाँच गर्ने क्रममा अटोमा सवार उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका-१४ स्थित चौलिका चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ ५० दशमलब २ ग्राम सहित सोही उपमहानगरपिका-१६ बस्ने ५० वर्षीय बसारथ अली सैयदलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट संयुक्त रुपमा खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?