पक्राउ परेका रुप ज्योति र उनकी छोरीलाई म्याद थपका लागि अदालत लगियो

काठमाडौं । हाउजिङ व्यवसायमार्फत ठगी गरेको आरोपमा पक्राउ परेका अर्थसहायकमन्त्री तथा व्यापारी रुप ज्योति र उनकी छोरी सुरुचीलाई म्याद थपका लागि अदालत लगिएको छ।

उनीहरु दुबैलाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लगिएको प्रहरीले जनाएको छ ।

उनीलाई बिहीबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो ।

हाउजिङका नाममा विभिन्न व्यक्तिलाई ठगी गरेको मुद्दामा काठमाठौं जिल्ला अदालतले २०७५ मंसिर २० मा पक्राउ गर्न अनुमति दिएको थियो। तर त्यसविरुद्ध ज्योति सर्वोच्च पुगेका थिए।

त्यसको करिब १ वर्षपछि सर्वोच्चले ज्योतिको विपक्षमा फैसला सुनाएपछि उनी पक्राउ परेका हुन्। उनीमाथि म्याद थप गरेर ठगी कसुरमा प्रहरीले अनुसन्धान सुरु गर्ने तयारी गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?