जनता बैंकले गर्यो केन्द्रीय बहिरा क्याम्पसलाई १० लाख आर्थिक सहयोग

काठमाडौं । केन्द्रिय बहिरा क्याम्पस, नक्साललाइ जनता बैंक नेपाल लिमिटेडले आर्थिक सहयोग गरेको छ । शुक्रबार एक कार्यक्रमका बिच बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्रीले क्याम्पस व्यबस्थापन समिती अध्यक्ष प्रा.डा. प्रभा हमाललाइ १० लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको हो ।

उक्त क्याम्पसमा हाल छात्र/छात्रा गरी १०४ जना बहिरा बिद्यार्थीहरु स्नातक तहमा अध्ययन गरिरहेका छन् । साथै हाल नक्साल स्थित बालमन्दिरमा शिक्षा शास्त्र संकायको बि।एड। कक्षा संचालन गरिरहेको क्याम्पसले आफ्नै भवन निर्माण गरि ब्यबस्थापनको पढाई समेत संचालन गर्ने योजना बनाएको व्यवस्थापन समिति अध्यक्ष प्रा. डा. हमालले जानकारी दिनुभयो ।

६ बर्ष अगाडी स्थापना गरिएको बहिरा विद्यार्थीहरुलाई सांकेतिक भाषामा उच्च शिक्षा प्रदान गर्ने सामुदायिक कलेजको रुपमा केन्द्रीय बहिरा क्याम्पसलाई बैंकले विगत ४ बर्ष देखि आर्थिक सहयोग उपलब्ध गराउदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?