२२ कार्तिक २०७६, शुक्रबार १३:५५

लक्ष्यभन्दा ४७ करोड बढी राजश्व सङ्कलन


प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार १३:५५

काठमाडौं । सानो भ-याङस्थित प्रदेश नं ३ को यातायात व्यवस्था कार्यालयले आव २०७५/०७६ मा एक अर्ब ४७ करोड राजश्व सङ्कलन गरेको छ । कार्यालयले एक अर्ब राजश्व सङ्कलन गर्ने लक्ष्य लिएकामा थप ४७ करोड वृद्धि भएको जनाएको हो । सवारी साधन कर सङ्कलन, यातायात क्षेत्रको आम्दानी, चालक अनुमति पत्र, सवारी दर्ता किताबलगायत शीर्षकमा राजश्व सङ्कलन बढेको कार्यालय प्रमुख राजकुमार कपालीले जानकारी दिनुभयो ।

आव २०७६/०७७ को कात्तिक २० गतेसम्म ६० करोड ६४ लाख ४३ हजार राजश्व उठेको र सेवाग्राहीको चाप वृद्धि हुँदै गएकाले उनीहरुलाई छिटो, छरितो र गुणस्तरीय सेवा प्रवाह गर्न जनशक्तिको अभाव रहेको कार्यालयले जनाएको छ । दैनिक सेवाग्राहीको भीड लाग्ने उक्त कार्यालयले नौ मात्र कर्मचारी रहेकाले १३ कर्मचारी थप गर्न माग गर्दै आएको छ ।

असारदेखि असोजसम्म सवारी साधनको नवीकरणलगायत कार्य बढ्ने हुँदा सेवाग्राहीको भीड लाग्ने सो कार्यालयमा कामको चाप बढेका बेला राति ९ बजेसम्म पनि काम गर्नुपरेको बताइएको छ । कम्पाउण्डसहितको भवन नभएकाले कार्यालय हातामा सेवाग्राहीलाई बीमा कम्पनीका प्रतिनिधि तथा विचौलियाले विभिन्न प्रलोभन देखाएर ठगी गर्ने गरेकाले सिसी क्यामेराको सहयोगबाट निगरानी गरी प्रहरीको समन्वयमा कारवाहीसमेत गरिएको प्रमुख कपालीले जानकारी दिनुभयो । उक्त कार्यालयले दैनिक एक हजार २०० सेवाग्राहीलाई सेवा दिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
घट्यो सुन तथा चाँदीको मुल्य, कति पुग्यो ?

कठमाडौं । नेपाली बजारमा सुन तथा चाँदीको मुल्य घटेको छ । विहिबार प्रतितोला

विभिन्न १२ वाणिज्य बैंकहरुको सम्पती विवरण सार्वजनिक, कस्को नाफा कति ?

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बिभिन्न १२ वटा वाणिज्य बैंकहरुले आफ्नो

१६ लाख राजश्व सङ्कलन

काठमाडौं । जुम्लाको चन्दननाथ नगरपालिकाले चालू आर्थिक वर्षको चार महिनामा १६ लाख ६१

बेलायती राजकुमार चार्ल्सको जन्मोत्सव मुम्बइका विद्यार्थीसँग

काठमाडौं । बेलायतका राजकुमार चार्ल्सले आफ्नो ७१औँ बार्षिकोत्वस भारतको मुम्बइमा मनाउनु भएको छ