२०७६, २२ कार्तिक शुक्रबार १३:१७

रुपज्योतिकी छोरी सुरुचि पनि प्रहरी नियन्त्रणमा


प्रकाशित मिति : २०७६, २२ कार्तिक शुक्रबार १३:१७

काठमाडौँ । पूर्वमन्त्री एवम् चर्चित व्यवसायी रुपज्योति पक्राउ परेसंगै उनकी छोरीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले रुपज्योतिकी छोरी सुरुचि ज्योतिलाई नियन्त्रणमा लिएको हो।

रुपज्योति बिहिवार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए। प्रहरीका अनुसार सुरुचि ज्योतिलाई पनि हिजो नै नियन्त्रणमा लिईएको हो ।

हाउजिङका नाममा विभिन्न व्यक्तिसँग करोडौँ ठगी गरेको आरोप उनीमाथि छ । रुपज्योति पूर्व अर्थसहायकमन्त्री समेत हुन् ।
जिल्ला अदालत काठमाडौंले गत वर्ष मंसिरमा ठगी मुद्दामा ज्योतिलाई पक्राउ गर्न अनुमति दिएको थियो। तर उनी त्यसविरुद्ध सर्वोच्च पुगेर अन्तरिम आदेश लिएका थिए। त्यसको २ वर्षपछि मंगलबार सर्वोच्चले रुप ज्योतिको विपक्षमा फैसला सुनाएको थियो।

सर्वोच्चको उक्त फैसलासँगै प्रहरीलाई रुप ज्योति पक्राउ गर्न बाटो खुलेको थियो ।

प्रतिक्रिया दिनुहोस