नेपाल पिउने पानीमा समेत परनिर्भर, तीन महिनामा गर्यो १७ हजार लिटर आयात

काठमाडौं । नेपाललाइ जलस्रोतको विश्वमा नै अग्रणी मुलुक मानिएता पनि नेपालले बिदेशबाट पानी समेत आयात गरेको तथ्य फेला परेको छ । अन्य बस्तु जस्तै नेपालले खाडी मुलुकहरुबाट पानीसमेत आयात गरेको पाइएको हो ।

आर्थिक वर्ष २०७६/७७ को पहिलो ३ महिनामा संयुक्त अरब इमिरेट्सबाट ३ सय ९१ लिटर पानी आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाएको हो ।

३ महिनामा ११ मुलुकबाट १० लाख ९१ हजार ४ सय १८ रुपैयाँको पानी आयात भएको छ। यो अवधिमा कुल १७ हजार ४ सय ३८ लिटर पानी  आयात भएको हो।

साथै यी मुलुकको तुलनामा फ्रान्सबाट सबैभन्दा धेरै १० हजार ६ सय २२ लिटर पानी आयात भएको छ।

अघिल्लो आर्थिक वर्षको यही अवधीमा ९४ लाख ७० हजारको पानी आयात भएको पनि तथ्याङ्कले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?