प्याजको मुल्य पाँच वर्ष यताकै उच्च, यसो भन्छन् व्यापारी

काठमाडौं । दैनिक उपभोग्य अन्य तरकारीको मुल्य जस्तै बजारमा प्याजको मुल्य पनि अत्याधिक मात्रामा बढेको छ । सरकारी स्वामित्वमा रहेको कालिमाटि फलफूल तथा तरकारी बजारमा प्याजको थोकमुल्य एक सय २८ तथा खुद्रा मुल्य एक सय ४५ रहेको छ । तर बजारमा प्याजको अभाव देखाएर व्यापारीहरुले प्रतिकेजी प्याजको मुल्य १५० देखी १७० सम्म लिने गरेको पाइएको छ ।

केही वर्षको तथ्याङ्कलाइ हेर्ने हो भने वार्षिक रुपमा प्याजको मूल्यमा बृद्धि हुँदै गएको छ । यसै अनुसार २०७२ कात्तिक २१ गते प्याजको खुद्रा मूल्य ७० रुपैयाँ प्रतिकिलो थियो। २०७३ कात्तिक २१ मा ३५, २०७४ कात्तिक २१ मा ८५ र २०७५ कात्तिक २१ मा ५५ रुपैयाँ प्रतिकिलोमा प्याज बिक्री भएको थियो। दसैंको मुखमा प्याजको मूल्य एक सय ४० रुपैयाँसम्म पुगेको थियो। तर विस्तारै ९० रुपैयाँसम्ममा झरेको थियो। यसलाइ हेर्ने हो भने पाँच वर्षको अवधीमा प्याजको मुल्य अहिले सबैभन्दा उच्च रहेको छ ।

भारतले गत असोजको दोस्रो साताबाट नेपालमा प्याज आयातमा रोक लगाएसँगै नेपाली बजारमा प्याजको मूल्य बृद्धि भएको व्यापारिहरु बताउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?