फिल्म ‘दरबार’ को मोस्टर पोस्टर रिलिज, २७ वर्षपछि यस्तो अवतारमा देखिए रजनीकान्त (भिडियाे)

काठमाडौं – दक्षिण भारतीय फिल्म उद्योगका सुपरस्टार रजनीकान्त अभिनित फिल्म ‘दरबार’ को मोस्टर पोस्टर रिलिज भएको छ । एआर मुर्गादोशद्वारा निर्देशित फिल्मको पोस्टरमा रजनीकान्तलाई एक्सन अवतारमा देख्न सकिन्छ ।

२७ वर्षपछि रजनीकान्त प्रहरीको भूमिकामा देखिँदैछन् । फिल्मको मोसन पोस्टर हिन्दी, तमिल, तेलेगु र मलायालम गरी चार भाषामा रिलिज गरिएको छ ।

फिल्ममा नयनतारा, प्रतीक बब्बर, सुनिल सेट्टी लगायतका कलाकारको पनि अभिनय रहनेछ ।

https://www.youtube.com/watch?v=HqkK_51_iyM

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?