घट्यो डलरको भाउ, नेपाली अर्थतन्त्रमा पर्छ यस्तो असर

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारको लागी अमेरिकन १ डलरको खरिददर ११३ रुपैयाँ २४ पैसा तथा बिक्रिदर ११३ रुपैयाँ ८४ पैसा तोकेको छ । साथै हिजो अमेरिकन १ को खरिददर ११३ रुपैयाँ २८ पैसा तथा बिक्रिदर ११३ रुपैयाँ ८८ पैसा रहेको थियो । तत्कालिन अवस्थामा मात्र होइन पछिल्लो केही महिना यताबाट डलरको भाउको सानो मात्रामा भएपनि कमि हुँदै आएको पाइएको छ ।

राष्ट्र बैंकले गत भदौ १८ गते बैंक तथा वित्तीय संस्थाका लागि एक डलरको खरिददर ११५ रुपैयाँ ५५ पैसा र बिक्रीदर ११६ रुपैयाँ १५ पैसा तोकेको थियो । त्यसपछि डलर कमजोर हुँदै आएको छ ।

नेपाली अर्थतन्त्रको एक मानक भारतिय अर्थतन्त्र पनि हो । नेपाली र भारतिय विनिमयबिचको स्थिर विनिमयदरका कारण पनि नेपाली अर्थतन्त्रको लागी भारतको अर्थतन्त्रमा आउने फेरबदलले गर्दा प्रत्यक्ष असर पार्ने गर्दछ ।

साथै अमेरिकन डलरको भाउ घटबढ हुँदा नेपालमा मात्र होइन विश्व अर्थतन्त्रमा नै हलचल पैदा हुने गर्दछ । डलरको भाउमा कमि आउदा नेपालले बिदेशबाट आयात हुने बस्तुको लागी कम मुल्य तिर्नुपर्ने पर्दछ । राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार, अन्तर्राष्ट्रिय बजारका कारण डलर कमजोर र बलियो हुने गर्दछ । डलर बलियो हुँदा पर्यटन क्षेत्र, निकासीकर्ता र रेमिट्यान्स पाउनेलाई मात्र फाइदा हुने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?