ह्वात्तै घट्यो सुनको मुल्य, हेर्नुहोस् आजको बजारभाउ

काठमाडौं । नेपाली बजारमा आज सुन तथा चाँदीको मुल्यमा गिरावट आएको छ । विहिबार प्रतितोला छापावाला सुनको मुल्य ७० हजार ६ सय रहेको थियो । साथै आज तोलामा ७ सयले कमि आइ प्रतितोला ६९ हजार ९ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यबसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुनको मुल्य ६९ हजार ६ सय रहेको पनि महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मुल्यमा पनि १५ रुपैयाँले गिरावट आएको छ । बिहिवार प्रतितोला चाँदीको मुल्य ८ सय ३० रहेकोमा मुल्यमा कमि आइ प्रतितोला ८ सय ३५ मा कारोबार भइरहेको पनि महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?