चलचित्र ‘घामण शेरे’ आजबाट अल नेपाल प्रदर्शनमा

काठमाडौं । हेमराज बिसीको निर्देशन रहेको चलचित्र चलचित्र ‘घामण शेरे’ आजबाट अल नेपाल प्रदर्शनमा आएको छ ।

कात्तिक ८ गते रिलिज हुने भनिए पनि हल थोरै पाएपछि अन्तिम समयमा प्रदर्शन मिति आजका लागि सरेको थियो । चलचित्रमा निश्चल बस्नेत, स्वस्तिमा खड्का लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।

यसअघि  कांग्रेस सभापति शेरबहादुर देउवाको आक्रोशित मुद्राको तस्बिर चलचित्र ‘घामड शेरे’को पोस्टरसँग जोडेर सामाजिक सञ्जालमा पोष्ट भएपछि त्यो ट्रोल बनेको थियो ।

उक्त ट्रोललाई लिएर आफूलाई थुप्रै धम्की आएको निर्देशक हेमराज बिसीले बताएका थिए । सामाजिक सञ्जालमा अरुले बनाएको ट्रोललाई लिएर आफूलाई फेसबुक म्यासेजमा धम्की आएको आएको बिसीले जानकारी दिएका थिए ।

उनले एक विज्ञप्ति समेत जारी गर्दै चलचित्रको पोस्टरमा कांग्रेस सभापति शेरबाहादुर देउवाको फोटो जोेडिएको ट्रोल आफूले नबनाएको र आफ्नो चलचित्रमा पनि त्यस्तो कुनै सामग्री नरहेको स्पष्ट पारेका छन् । यद्यपि उनले आफ्नो चलचित्रसँग जोडिएको विषय भएकाले कसैको व्यक्तित्वमा असर परेकोमा माफि समेत मागेका थिए ।

उनले चलचित्र ‘घामण शेरे’मा रहेको पात्र ‘शेरे’को चरित्र, व्यवहार र कार्यशैली समेत राजनीतिक नरहेको बताएका छन् ।

कांग्रेस कार्यकर्ताले सुदूरपश्चिममा ‘घामण शेरे’ चल्न नदिने बताएपछि निर्माण पक्षले कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मासँग पनि यस विषयमा छलफल गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?