पहिलो पटक पर्यटकका लागि जिप सफारी शुरु

चितवन, २९ पुस । पश्चिम चितवनको पर्यटकीय क्षेत्र पटिहानीमा पहिलो पटक पर्यटकका लागि जिप सफारी शुरु भएको छ पर्यटकीय क्षेत्रको रुपमा विकास भएको पटिहानीलाई सौराहा जोड्ने गरी जिप सफारी शुरु भएको हो । चितवन राष्ट्रिय निकुञ्जले यहाँको बेलसर मध्यवर्ती सामुदायिक वनमा पाँचवटा जिप जंगल सफारीका लागि अनुमति दिएसँगै औपचारिक रुपमा जिप सफारी शुरु भएको हो नेपाल सरकारको पर्यटक प्रवद्र्धन गर्ने लक्ष्य पूरा गर्नका लागि निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत दोस्रो सफारीको रुपमा पटिहानीमा जिप सफारी शुरु भएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिए कँडेलले नै शुक्रबार जिप सफारीको उघाटन गरेका थिए । उनले अब सौराहासँग पनि पश्चिम चितवन जोडिएको बताए । पटिहानीको छितामाई मन्दिरबाट करिब ११ किलोमिटर पर चरहरा खोलासम्म जिप सफारी हुन्छ । त्यसपछि पर्यटकलाई पाँच मिनेटको पैदल वाक गराएर सौराहाको खोरसोरस्थित हात्ती प्रजनन केन्द्र पु¥याइने गरी सफारी थालिएको हो जिप सफारी शुरु भए पनि स्थानीय खुशी भएको पटिहानीका स्थानीय संरक्षणकर्मी अपिल घिमिरेले जानकारी दिए । सानो जिपको रु ७०० र ठूलोको रु ८०० प्रवेश शुल्क तोकिएको छ राप्ती नदीको किनार क्षेत्र हुँदै जाने भएपछि पर्यटकले यो क्षेत्रमा गैँडा, बाघ, भालु, हात्ती, चित्तल, विभिन्न प्रजातिका चरा तथा वन्यजन्तुको सहज अवलोकन गर्नसक्ने भएका छन् । यसअघि चितवनको कुमरोजमा गएको वर्षबाट जिप सफारी थालिएको थियो चितवन निकुञ्जका प्रमुख संरक्षण अकिृत कँडेलका अनुसार निकट भविष्यमै पूर्वी चितवनको खगेन्द्रमल्ली वन क्षेत्रमा पनि पर्यटकका लागि जिप सफारी शुरु गर्ने तयारी गरिएको छ निकुञ्जको पश्चिम सेक्टरअन्तर्गत नवलपरासीको अमल्टारीमा समेत जिप सफारी हुँदै आएको छ । चितवन निकुञ्जमा भने सौराहादेखि निकुञ्जभित्र जंगलमा दशकौँदेखि जिप सफारी हुने गरेको भए पनि पछिल्ला समयमा मध्यवर्ती क्षेत्रमा समेत जिप सफारी हुने क्रम बढिरहेको छ चितवन आउने पर्यटकको रोजाइ जंगली जनावर हेर्ने भएकाले यहाँको जिप सफारीले पश्चिम चितवनमा समेत पर्यटकको चहलपहल बढ्ने विश्वास लिइएको निकुञ्जका सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले बताउनुभयो । पर्यटन र संरक्षणलाई सँगसँगै लैजाने लक्ष्यसहित यहाँ जिप सफारी थालिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?