केन्द्रिय कारागारमै भेट्न पुगेका नेतालाई महराले के विकल्प रोजौँ भनेपछि …

काठमाडौं । जबरजस्ती करणी उद्योगको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका निर्वतमान सभामुख कृष्णबहादुर महरालाई नेकपाका नेता देव गुरुङले भेट गरेका छन् ।
नेता देव गुरुङले डिल्लीबजार कारागार पुगेर महरालाई भेट गरेका हुन् । उनीहरुबीच मुद्दाका विषयमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भएको स्रोतको भनाइ छ । जिल्ला अदालतको अन्तिम फैसाला कुर्ने की त्यसभन्दा अगाडि अरु विकल्प खोज्ने भन्ने विषयमा कानुन पृष्ठभूमिका नेता गुरुङसँग महराले छलफल गरेको बताइएको छ ।

महरा संसद सचिवालयकी एक महिला कर्मचारीमाथि बलात्कार प्रयास गरेको आरोपमा असोज १९ गते पक्राउ परेका थिए । महरालाई सोमबार पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?