वीरगञ्जमा ‘स्वर्णिम चलचित्र महोत्सव’ सुरु

काठमाडौं । वीरगञ्जमा बिहीबारदेखि ‘स्वर्णिम चलचित्र महोत्सव’ सुरु भएको छ । चलचित्र निर्माता संघले आयोजना गरेको महोत्सव राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको छ ।

महोत्सव उद्घाटनअघि कलाकारहरुले विरगञ्जको घण्टाघर चोकबाट प्रभात फेरी निकाल्दै नगरको विभिन्न भाग परिक्रमा गरी आदर्शनगर रंगशालामा पुगेर समापन गरेका थिए ।

चलचित्र क्षेत्रको विकास र प्रवर्द्धनको लागि महोत्सव आयोजना गरिएको निर्माता संघले जनाएको छ । महोत्सवमा सहभागी हुन बलिउड अभिनेता गोविन्दा पनि नेपाल आइपुग्नु भएको छ । नेपालका पनि पूरानो पुस्तादेखि नयाँ पुस्तासम्मका कलाकारहरु वीरगन्जमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?