केन्द्र र प्रदेशको अधिकारलाई न्यायोचित बाँडफाँड गर्नुपर्छ : शाक्य

काठमाडौं, २९ पुस । नेकपा (एमाले) का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले सरकार गठनमा भएको ढिलासुस्तीले प्रादेशिक सरकार निर्माणमा समेत प्रभाव परेको बताएकी छन् स्थानीय पासा पुचः र मिसा पुचः द्वारा काठमाडौँ महानगरपालिका–१५ स्थित सरस्वतीस्थानमा आयोजित बधाई तथा सम्मान कार्यक्रममा उनले जनादेशअनुसार काम हुन नसक्दा स्थानीय विकास तथा पूर्वाधार निर्माणमा समेत ढिलाइ भएको स्वीकार गरिन् मुलुकमा रहेका स्थानीय साधन स्रोतमा केन्द्र र प्रदेशको अधिकारलाई न्यायोचित ढंगबाट बाँडफाँड गर्नुपर्नेमा उनले जोड दिइन् । उनी काठमाडौँ निर्वाचन क्षेत्र नं ८ को प्रदेश (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएकी हुन् काठमाडौं निर्वाचन क्षेत्र नं ८ का प्रतिनिसधसभा सदस्य जीवनराम श्रेष्ठले मुलुकमा राजनीतिक क्रान्ति पूरा भइसकेकाले अब आर्थिक समृद्धि कायम गर्नका लागि कृषि, पर्यटन, पूर्वाधार विकास निर्माणमा लगानी गरी रोजगार वृद्धि गर्नुपर्ने बताए पासा पुचः का संयोजक महेन्द्र महर्जनले मेलम्चीदेखि ल्याउन लागिएको खानेपानीको पाइप व्यवस्थापन गर्ने क्रममा डल्लुदेखि विजेश्वरीसम्म खनिएको सडकखण्डलाई चाँडो पूर्णता दिन माग गरे मिसा पुचः का संयोजक सरला चित्रकारले स्थानीय सरस्वती मन्दिर आसपासमा रहेको गुठीको जमिनलाई योगस्थलका रुपमा विकास गर्नुपर्नेमा जोड दिए यसअघि उपाध्यक्ष शाक्य र केन्द्रीय सदस्य श्रेष्ठलाई सीतापाइलाको स्थानीय क्लबले पनि सम्मान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?