बैकिङ कसुरको अभियोगमा व्यवसायी तेजकरण जैन पक्राउ

काठमाडौं, २९ पुस । प्रहरीले ठगीको आरोपमा अटोमोवाईल्स व्यवसायी तेजकरण जैनलाई पक्राउ गरेको छ काठमाडौंको त्रिपुरेश्वरमा ‘तेज एण्ड करण ईन्टरप्राईजेज’का संचालक रहेका जैनलाई बैंकीङ कसुरको अभियोगमा पक्राउ परेका हुन् । पक्राउ परेका जैनसँग अहिले अनुसन्धान शुरु गरिएको महानगरीय प्रहरी वृत कालिमाटीका इन्स्पेक्टर अरुण कुमार भण्डारीले जानकारी दिएका छन् कालिमाटी प्रहरीका अनुसार, जैनले ऋषिराज शर्मासँग खरिद गरेको बा. १२ च ९४९ नम्बरको ‘हुण्डाई आई १०’ गाडीको पैसा लामो समयसम्म नदिएर ठगी गरेका थिए । जैनले गाडीको पैसा बापत दिएको कृषि विकास बैंकको २० लाख ७५ हजार मुल्य बराबरको चेक बाउन्स भएको बताइएको छ ‘जैनलाई बैंकीङ कसुरमा जिल्ला अदालत काठमाडौंबाट म्याद लिएर अनुसन्धान गरिरहेका छौं’ इन्सपेक्टर भण्डारीले भने जैनले पुराना गाडी किनेर नयाँ बनाउने र कतिपय पुरानै गाडी नाफा लिएर बेच्ने गर्दै आएका रिकण्डीशन हाउस समेत सञ्चालन गर्दै आएका छन् प्रहरीका उच्च अधिकारी र नेताहरु समेतलाई उनले निःशुल्क गाडी दिने गरेका छन् यहि शक्तिको आडमा विगत लामो समयदेखि उनले ठगी गर्दै आएको प्रहरी स्रोतको भनाई छ । उता व्यवसायी तेजकरण जैनलाई पक्राउ परेसँगै यसैगरी गाडी किनेर चेक बाउन्स भएको अर्को ९ लाख ७५ हजारको उजुरी समेत परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?