ह्वाट्स एप प्रयोगकर्तालाई आयो खुसीको खबर

नयाँ दिल्ली, २९ पुस । यदि तपाई कुनै ह्वाट्एप ग्रुपको एडमिन हुनुहुन्छ भने यो तपाईका लागि खुसीको खबर छ ह्वाट्सएपले लगातार अपडेट गर्दै नयाँ नयाँ फिचर्स जोडिरहेको छ । पछिल्ला दिनमा इन्स्टाग्रामका पोस्टलाई सिधै ह्वाट्सएप स्टेटसमा शेयर गर्ने फिचर सुरु गरेको थियो अब ह्वाट्सएपले ग्रुप च्याटमा नयाँ बटनको परीक्षण गरिरहेको छ । जसका माध्यमबाट एडमिनले कुनै अर्को एडमिनलाई ‘डिमोट’ या ‘डिस्मिस’ गर्न पाउनेछ । यसबाट अर्को व्यक्ति समूहको एडमिन भइरहेपनि उसँग कुनै शक्ति भने हुनेछैन यसबाट अर्को एडमिनलाई समूहबाट ‘डिलिट’ नगरीकन यस्तो गर्न सम्भव हुनेछ । यसबाट सो व्यक्ति समूहमा पनि रहिरहन सक्नेछ भने अर्को पटक उसलाई समूहमा सामेल गर्ने दिक्दारी पनि हुनेछैन । ह्वाट्सएपले यो फिचर एन्ड्रोइड र आईओएस एपमा परीक्षण गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?