के गर्दै छन् पूर्वराजा ज्ञानेन्द्र नेपालगञ्जमा

नेपालगञ्ज, २९ पुस । पूर्व राजा ज्ञानेन्द्र शाहले आज नेपालगञ्जमा सुवेच्छुकहरुसँग भेटवार्ता भइरहेको छ नेपालगञ्जस्थित सोल्टी होटल परिसरमा पूर्व राजा शाहले आफ्ना शुभचिन्तकहरुसँग भेट गरिरहेका छन् आज बिहान ११ बजेपछि शाहले मध्य तथा सुदूरपश्चिमका विभिन्न जिल्लाका प्रतिनिधिसँग भेटघाट तथा छलफल गरिरहेका छन् । पूर्व राजा शाह केही दिनदेखि नेपालगञ्जमा बस्दै आएका छन् गत आइतबार नेपालगञ्ज नाका भएर भारतको लखनऊ गएका शाह बिहीबार नेपालगञ्ज फर्किएका थिए भारतको लखनऊमा शाहले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई भेट गरेका थिए शाह गत पुस १३ गते नेपालगञ्ज गएका हुन । उनले नेपालगञ्ज पुगेपछि त्यहाको बागेश्वरी मन्दिर, बर्दियाको बंगलामुखी, धनगढी र दाङका मठमन्दिरको दर्शन गरेका थिए पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शाहले मुलुकको सार्वभौमिक स्वतन्त्र, राष्ट्रिय एकता र अखण्डता मक्किएको र नेपालको अस्तित्वमा खतरा भएको भन्दै चिन्ता व्यक्त गरेका थिए शाह अझै केही दिन नेपालगञ्जमा बस्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?