नेपालमा स्क्रब टाइफसका बिरामीको संख्यामा वृद्धि

काठमाडौं । देशभर स्क्रब टाइफसको बिरामीको सख्यामा वृद्धि हुदै गएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले कात्तिक १ देखि १७ गते सम्मको तथ्याङ्क सार्वजनिक यस रोगबाट १७ दिनमा एक हजार २ सय ७१ जनामा स्क्रब टाइफसको बिरामी रहेको बताइएको छ ।

महाशाखाले सार्वजनिक गरेको तथ्याङ्कका अनुसार ६३ जिल्लामा स्क्रब टाइफसको बिरामी देखा परेका छन् । अहिले यसका बिरामी सबै धेरै बिरामी प्रदेश नं. ५ मा देखिएका छन् । यस प्रदेशको १२ जिल्ला मध्ये रुकुम पूर्व बाहेक सबै जिल्लामा गरी ४ सय ६७ जना बिरामी रहेको महाशाखाले जारी गरेको रिपोर्टमा उल्लेख गरिएको छ ।

प्रदेश नं. ३ को रामेछाप र रसुवा बाहेक सबै जिल्लामा यस्ता बिरामी भेटिएका छन् । यस प्रदेशमा ३ सय ७८ जना बिरामी रहेको महाशाखाको तथ्याङकमा उल्लेख गरिएको छ । प्रदेशगत तथ्याङकलाई हेर्ने हो भने स्क्रब टाइफस रोगीको संख्या अनुसार कुरा गर्ने हो भने प्रदेश नं.५ पहिलो ,प्रदेश नं. ३ दोस्रो र सुदूरपश्चिम प्रदेश तेस्रो नम्बरमा रहेको यस प्रदेशमा २ सय ५५ जना बिरामी रहेका छन् ।

यस्तै, प्रदेश नं. १ मा ५७,प्रदेश नं. २ मा २२ ,कर्णाली प्रदेशमा १६ र गण्डकी प्रदेशमा ७६ जना बिरामी रहेका छन् । स्क्रब टाइफसले यो वर्ष मात्रै ३ जनाको निधन भएको भन्दै आईरहे पनि यो तथ्याङकमा भने निधनको संख्या समावेश गरिएको छैन ।

घरपालुवा जनावर भएको घरका मानिसलाई एक साताभन्दा बढी लगातार ज्वरो आएमा उनीहरूमा टाइफाइड या स्क्रब टाइफस भएको अनुमान गर्न सकिन्छ । उच्च ज्वरो आउनु, टाउको दुख्नु, शरीरमा बिमिरा देखिनु, आँखा रातो हुनु, खोकी लाग्नु, पसिना आउनु र ग्रन्थी सुन्निनु, टोकेको भागमा कालो दाग बस्ने स्क्रब टाइफसको लक्षणहरु हुन् ।

रोगको समयमा उपचार भएन ज्वरो बढ्दै गएर अन्य समस्याहरु पनि देखा पर्न सक्छन् । जस्तै मिर्गौला, फोक्सो, मुटुमा असर हुँदै पछि श्वासप्रश्वासमा समस्या हुने र बिरामीको ज्यान जान सक्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?