नियमित काजु खानुका फाइदाहरु यस्ता छन्, थाहा पाइराख्नुहोस्

काठमाडौं । हाम्रो शरीरलाई चाहिने विभिन्न पोषक तत्वमध्ये काजु पनि एक हो । काजुमा अनेक पोषक तत्व पाइन्छ ।यसले स्वास्थमा राम्रो फाइदा पुर्याउछ ।

शरीरको आवश्यक खाद्यवस्तुमा पर्ने स्वास्थ्यवर्द्धक काजुको नियमित सेवनले शरीरको स्फूर्तिका साथै चौतर्फी विकास हुन्छ ।

काजुमा पर्याप्त मात्रामा फाइबर, प्रोटीन,आइरन, कार्बोहाडेट, म्याग्नेसियम, कपर आदि पौष्टिक तत्व पाइन्छ । यसले हड्डी, दाँत बलियो बनाउन मद्दत गर्छ ।

नियमित काजु खानुका फाइदाहरु यस्ता छन् :-

१. दाँतलाई मजबुत तुल्याउन ठूलो भूमिका खेलेको हुन्छ ।
२. कपाल चमकदार बनाउन पूर्ण रुपमा मद्दत पुर्‍याउँछ ।
३. आँखाको तेज बढाउन पनि काजुले ठूलो भूमिका खेलेको हुन्छ ।
४. गर्भवतीको लागि काजु बरदान मानिन्छ । जसले आमा र बच्चा दुवैलाई फाइदा पुर्‍याएको हुन्छ ।

५. कब्जियतबाट टाढा रहन पनि नियमित काजु खाँदा फाइदा पुग्छ ।
६. सधैं ताजगी र स्वस्थ, स्फुर्त रहन काजु निकै उपयोगी मानिन्छ ।
७. नियमित काजु खानाले सेक्स क्षमतामा वृद्धि हुन्छ ।
८. हड्डी मजबुत गराउँछ ।
९. कमजोर महसुस हुनेलाई मजबुत हुन मद्दत गर्छ ।

१०. अनुहारको छालामा चमक ल्याउँछ ।
११. कुनै साइड इफेक्ट गर्दैन ।
१२. मुड अपसेट हुँदा काजु सेवन गर्नाले स्वतः निराशा हटेर जान्छ ।
१३. थकान मेटाउन सहयोग पुर्‍याउँछ ।
१४. जुनसुकै उमेरकाले खाँदा पनि कुनै असर नपुर्‍याउने ।

१५. शरीरलाई आवश्यक पोषण तत्व प्रदान गर्छ ।
१६. डायबेटिज नियन्त्रण गर्न मद्दत पुर्‍याउँछ ।
१७. मुटु बलियो बनाउँछ र डर लाग्ने जस्ता रोग नियन्त्रण हुन्छ ।
१८ कोलेस्टेरोल घटाउन सहयोग पु¥याउँछ ।
१९. रक्तचाप नियन्त्रण गर्न प्रमुख भूमिका खेल्छ ।
२०. काजुले दिमाग तेजिलो बनाउन ठूलो भूमिका खेलेको हुन्छ ।
२१. तनाव घटाएर थकान हुनबाट बचाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?