राष्ट्र बैंकका शाखा शनिबार र सार्वजनिक विदाका दिन पनि खुल्ने

काठमाडौं, २९ पुस । नेपाल राष्ट्र बैंकका देशभर रहेका शाखाहरु अबदेखि शनिबार र महिनाको अन्तिम दिनपनि खुला हुने भएको छ यसअघि राष्ट्र बैंकका शाखाहरु शनिबार र सार्वजनिक बिदाका दिन खुल्ने गरेका थिएनन् गत असोज १ गते अर्थ मन्त्रालयले शनिबार र महिनाको अन्तिम दिन बैंक खुला राख्न गरेको निर्णयलाई कार्यान्वयन गर्दै अबदेखि राष्ट्र बैंकले देशभरका शाखा कार्यालयलाई सर्कुलर गरेको हो राष्ट्र बैंकले दिएका जानकारी अनुसार, आजैबाट यो निर्णय कार्यान्वयन हुँदैछ नेपाल बैंक लिमिटेड, ताप्लेजुङले केन्द्रीय कार्यालयले शनिबार र महिनाको अन्तिम दिन सेवा प्रवाह गर्न सर्कुलर गरेकाले आजैबाट कार्यान्वयन हुन लागेको जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?