‘ब्लाइन्ड रक्स’मा बेनिशाको ‘उड्यो मन..’

काठमाडौं, २९ पुस । नेपाली चलचित्र ‘ब्लाइन्ड रक्स’ प्रदर्शन हुने भएको छ । निर्माण यूनिटले चलचित्रको पहिलो गीत रिलिज गरेका छन् बेनिशा हमाल माथी फिचरिङ गरिएको ‘उड्यो मन…’ बोलको गीतमा कत्थक नृत्य र शास्त्रिय संगीत मिश्रण छ हरि लम्सालद्वारा संगीतबद्ध गीतलाई बाँनिका प्रधानले गाएकी छन् यस गीतमा नरेश भट्टराईका शब्द छन् दुर्घटनामा दृष्टि गुमाएकी सृष्टि केसीको जीवनीमाथि बनेको चलचित्र पेश मिलन चाम्सले निर्देशन गरेका हुन् चलचित्रमा अर्पण थापा, गौरी मल्ल, अनिल शाह, बसन्त भट्टले अभिनय गरेका छन् । नायिका हमालले भने सृष्टिको भूमिकामा अभिनय गरेकी छन् लन्डन प्रदर्शन गरिएको चलचित्र १८ फागुनमा स्वदेश प्रदर्शनमा आउँदैछ एन फिल्मस क्रिएसन र चाम्स इन्टरटेनमेन्टको ब्यानरमा चलचित्र निर्माण भएको हो https://youtu.be/2NhaIJZJ2FQ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?