चर्चित सांगितिक ब्याण्ड १९७४ एडीको कन्सर्ट कीर्तिपुरमा

काठमाडौं । चर्चित सांगितिक ब्याण्ड १९७४ एडीको सांगितिक कन्सर्ट यही कार्तिक २३ गते काठमाडौंमा हुने भएको छ ।

मंगलबार कीर्ति ईभेन्टले पत्रकार सम्मेलन गरी सो कन्सर्ट कीर्तिपुरको खेल मैदानमा हुने जानकारी गराएको हो । कन्सर्टमा चर्चित ब्याण्ड कुटुम्ब र चर्चित गायक रोहित जोन क्षेत्रीको पनि सांगितिक प्रस्तुति रहनेछ ।

कन्सर्टमा टिकटको मूल्य प्रि सेल ३ सय, डोर सेल ५ सय र भिआईपी से १ हजार रहेका छन । कार्यक्रम यही शनिबार अपरान्ह ३ बजेबाट सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?