महालक्ष्मी विकास बैंक र मेरो माइक्रोफाइनान्सले बुक क्लोज गर्ने

काठमाडौं । महालक्ष्मी विकास बैंक र मेरो माइक्रोफाइनान्सले बुक क्लोज गर्न लागेका छन् । वार्षिक साधारण सभा प्रयोजनका लागि कात्तिक २० गते बुधबारदेखि दुई कम्पनीले बुक क्लोज गर्न लागेका हुन्। बैंक र माइक्रोफाइनान्सको यहि कात्तिक २९ गते हुनलागेको वार्षिक साधारण सभाका कारण बुक क्लोज गर्न लागिएको हो ।

यसै क्रममा महालक्ष्मी विकास बैंकले ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ९ दशमलव ८९ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । त्यस्तै मेरो माइक्रोफाइनान्सले ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ५८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।

पुर्व निर्धारित भएकाले कात्तिक १९ गते मंगलबारसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?