राष्ट्रियसभा चुनावका लागि २१ दल निर्वाचन आयोगमा दर्ता

काठमाडौं, २९ पुस । राष्ट्रय सभा निर्वाचनका लागि विभिन्न २१ वटा दल निर्वाचन आयोगमा दर्ता भएका छन् आयोगले दल दर्ताका लागि दिएको १५ दिनको समय शुक्रबार सकिएको छ । सो अवधीमा राष्ट्रिसभा सदस्य निर्वाचनका लागि २१ वटा दल दर्ता भएको आयोगले जनाएको छ नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), संघीय समाजवादी फोरम नेपाल, संघीय समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, बहुजन शक्ति पार्टी, नेपाल परिवार दल, राष्ट्रिय जनमोर्चा, नेपाल नौलो जनवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक), विवेकशील साझा पार्टी दर्ता भएका छन् यसैगरी नयाँ शक्ति पार्टी नेपाल, नेपाल दलित पार्टी, राष्ट्रिय जनता पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, बहुजन समाजवादी नेपाल, गान्धिवादी पार्टी नेपाल, नेपाली जनता दल र राष्ट्रिय मुक्ति आन्दोलन नेपाल पार्टीसमेत आयोगमा दर्ता भएका छन् नेपालको संविधानको धारा २६९ मा आयोगमा दर्ता कायम रहेका राजनीतिक दलले निर्वाचन प्रयोजनका लागि संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४८ वा ४९ बमोजिम दल दर्ता गराउनुपर्ने अनिवार्य व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?