फेसबूकले सार्वजनिक गर्‍यो नयाँ लोगो

काठमाडौं । सर्वाधिक लोकप्रिय सामाजिक सञ्जाल फेसबूकले आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ । फेसबूकले नीलो, हरियो र गुलावी गरी तीन रंगमा नयाँ लोगो सार्वजनिक गरेको हाे ।

साथै विशेष उद्देश्यका साथ डिजाइन गरिएको भनिएको उक्त लोगोमा ‘फेसबूक’ शब्दका सबै अक्षरहरु क्यापिटल लेटर (अक्षर) मा रहेको पनि देख्न सकिन्छ ।

नयाँ लोगो निर्माण गरेतापनि यसको प्रयोग भने केही हप्तापछि मात्र हुनसक्ने एजेन्सीले जनाएको छ ।

तर फेसबूकको नयाँ लोगोलाई यसको प्रमुख वेब र एपमा प्रयोग गरिएको भने छैन । नयाँ लोगोलाई ह्वाट्सयाप र इन्स्टाग्रामको प्यारेन्ट कम्पनी जनाउनका लागि प्रयोग गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?