१९ कार्तिक २०७६, मंगलवार १४:३२

सनराईज बैंकले ३ अर्वको ऋण पत्र जारी गर्ने


प्रकाशित मिति : १९ कार्तिक २०७६, मंगलवार १४:३२

काठमाडौं । सनराईज बैंकले व्यापार विस्तारका लागि थप ३ अर्वको ऋणपत्र जारी गर्ने भएको छ ।

बैंकले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी मुलुककै पूँजी बजारको विस्तारका लागि बुधबार (भोली)बाट सो रकम बराबरको ऋण पत्र निश्कासन गर्ने जानकारी गराएको हो । वार्षिक १० दशमलव २५ प्रतिशत व्याजदरमा सो ऋण पत्र जारी हुँदैछ । निरन्तर उच्च प्रतिफल लिईरहने ग्राहकका लागि सो ऋण पत्र अति उपयोगी हुने बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले बताउनुभयो ।

बैंकको ऋण पत्र ७ वर्ष अवधिको हुनेछ । त्यसको ब्याजको भुक्तानी ६/६ महिनामा गर्ने योजना पनि तय गरिएको बैंकले जनाएको छ ।

बैंकका ऋण पत्र चाँडोमा कार्तिक २४ गते र त्यस भित्र विक्री नभएमा मंसीर १९ गतेसम्म विक्री खुला हुने समय पनि निर्धारण गरिएको छ । सो ऋण पत्रको निष्काशन तथा विक्री प्रबन्धक भने सिद्धार्थ क्यापिटल रहेको छ । ऋण पत्रका लागि सो बैंकको सबै कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था पनि गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत पौडेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
घट्यो सुन तथा चाँदीको मुल्य, कति पुग्यो ?

कठमाडौं । नेपाली बजारमा सुन तथा चाँदीको मुल्य घटेको छ । विहिबार प्रतितोला

विभिन्न १२ वाणिज्य बैंकहरुको सम्पती विवरण सार्वजनिक, कस्को नाफा कति ?

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बिभिन्न १२ वटा वाणिज्य बैंकहरुले आफ्नो

१६ लाख राजश्व सङ्कलन

काठमाडौं । जुम्लाको चन्दननाथ नगरपालिकाले चालू आर्थिक वर्षको चार महिनामा १६ लाख ६१

बेलायती राजकुमार चार्ल्सको जन्मोत्सव मुम्बइका विद्यार्थीसँग

काठमाडौं । बेलायतका राजकुमार चार्ल्सले आफ्नो ७१औँ बार्षिकोत्वस भारतको मुम्बइमा मनाउनु भएको छ