प्रबुद्ध समूहको बैठकमा १९५०को असमान सन्धि परिमार्जन गर्ने सहमति

नयाँदिल्ली, २९ पुस । नेपाल–भारत प्रवुद्ध समूहको छैटौं बैठक शुक्रबार सकिएको छ बैठकमा नेपालले उठाउँदै आएको सन् १९५० को शान्ति तथा मैत्री सन्धिलगायत असमान सन्धि–सम्झौता परिमार्जन गर्ने सहमतिसहित नेपाल–भारत प्रबुद्ध समूहको छैटौं बैठक शुक्रबार सकिएको हो नयाँदिल्लीको इन्स्टिच्युट फर डिफेन्स एन्ड अनालाइसिस (आईडीएसए) भवनमा शुक्रबार सकिएको दुईदिने बैठकले प्रतिवेदनको विषय लेखन सुरु गर्ने, छलफल भएका विषयहरुलाई अन्तिम स्वरुप दिने तथा आगामी बैठक फागुन १२ र १३ (फेब्रुअरी २४ र २५) मा नेपालमा गर्ने सहमतिसमेत गरेको छ नेपालले पटक–पटक उठाउँदै आएको १९५० को सन्धि यथास्थानमा नरहनेमा दुवै पक्ष सहमतिमा पुगेको नेपाली पक्षले जानकारी दिएको छ उक्त बैठकपछि नेपाली दूतावासमा कुरा गर्दै समूहका संयोजक डा. भेषबहादुर थापाले भने, ‘१९५० को सन्धिलगायत असमान सन्धि–सम्झौता परिमार्जनको विषयमा भारतीय पक्ष सकारात्मक छ । आगामी बैठकमा अहिलेसम्म छलफल भएका विषयको दस्तावेज तयार पारेर अन्तिम स्वरुप दिन दुवै पक्ष सहमत भएका छौं ।’विगतको बैठकहरुमा छलफल गरिएका सीमा सुरक्षा, सीमा नाका, व्यापार, जलस्रोत, कनेक्टिभिटीलगायत विषयमा भारतीय पक्षको सहमति रहेको भए पनि सन् १९५० को सन्धि परिमार्जनको विषयमा सकारात्मक देखिएको थिएन । ‘यसपटक नेपालले उठाएका विषयमा राम्रो सुनुवाइ भएको छ’, थापाले भने इतिहासमै पहिलोपटक असमान सन्धि–सम्झौतालगायत विषयमा नेपाल–भारत छलफल र सहमति जुट्नु उपलब्धिमूलक भएको समूहका सदस्य एमाले नेता राजन भट्टराईले बताए । ‘नेपाल–भारत सम्बन्धको इतिहासमै पहिलोपटक असमान सन्धि–सम्झौतालगायत आर्थिक, सामाजिक, सांस्कृतिक सम्बन्धका वृहत पक्षको बारेमा एउटै टेबलमा बसेर छलफल भएको छ । यो निकै सकारात्मक पक्ष हो’, भट्टराईले भने शुक्रबारको बैठकमा भारतका तर्फबाट प्राध्यापक महेन्द्र पी.लामाले नेपालमा भारतको वैदेशिक सहायताका बारेमा प्रस्तुति राखेका थिए । सन्धिको मोडालिटी अर्थात कुन–कुन बुँदा कसरी परिमार्जन गर्ने भन्ने सुझावको विषयमा आगामी बैठकमा थप छलफल हुने जानकारी दिइएको छ बैठकमा भारतका तर्फबाट भगतसिंह कोशियारी, महेन्द्र पी.लामा, बीसी उप्रेती र नेपालका लागि पूर्वभारतीय राजदूत जयन्त प्रसाद सहभागी थिए भने नेपालका तर्फबाट भारतका लागि पूर्वराजदूत डा.भेषबहादुर थापा, नीलाम्बर आचार्य, सूर्यनाथ उपाध्याय र राजन भट्टराई सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?