१३ आश्विन २०८०, शनिवार

महानगरका मतदाता ‘अस्थिर’

२०७४,भाद्र,२९,बिहीवार ०१:५४

0
Shares

काठमाडौँ, २९ भदौ- मधेस आन्दोलनपछि २०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा पर्सा क्षेत्र नम्बर १ बाट तत्कालीन मधेसी जनअधिकार फोरमबाट करिमा बेगम ठूलो मतान्तरले विजयी भइन् । क्षेत्र नम्बर २ बाट कांग्रेसका अजय द्विवेदीले फोरमका शशिकपुर मियाँलाई पराजित गरे । दोस्रो संविधानसभामा बेगम र द्विवेदी उक्त क्षेत्रमा पराजित भए । यसअघि ०५६ को संसदीय चुनावमा पर्साको १ नम्बर क्षेत्रबाट कांग्रेसका कृष्णप्रसाद भट्टराई विजयी भएका थिए ।०५१ को मध्यावधि निर्वाचनमा २ नम्बर क्षेत्रबाट राप्रपाका राजीव पराजुलीले जितेका थिए भने ०४८ मा कांग्रेसका आत्माराम ओझा विजयी भएका थिए । यसैगरी ०४९ मा भएको स्थानीय निर्वाचनमा वीरगन्जको मेयरमा कांग्रेसका माधवलाल श्रेष्ठ र उपमेयरमा अजय द्विवेदीले विजय हासिल गरेका थिए । ०५४ मा स्वतन्त्र समूहबाट विमल श्रीवास्तव मेयर र कांग्रेसका कृष्णमुरारि रौनियार उपमेयरमा विजयी भए |एकपटक जितेकालाई बारम्बार दोहोर्‍याइरहने प्रवृत्ति यहाँ देखिएको छैन । राजनीतिक जानकारका अनुसार वीरगन्ज महानगर कुनै दल विशेषको अखडा होइन । यहाँका मतदाताले सबै दल र व्यक्तिको प्रभाव हेरी मौका दिने गरेका छन् । महानगरको चुनावी प्रक्रियालाई विभिन्न ‘फ्याक्टर’ ले प्रभावित पर्दै आएको राजनीतिक विश्लेषक विनोद गुप्ताको बुझाइ छ । ‘आन्दोलन, जातीय समीकरण, समुदायगत विभाजनले पनि मतदानमा प्रभाव पार्छ,’ उनले भने, ‘कतिपय अवस्थामा उम्मेदवारले ल्याएको स्लोगनले पनि फरक पर्छ ।’ कान्तिपुरमा खबर छ ।

प्रकाशित मिति: २०७४,भाद्र,२९,बिहीवार ०१:५४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपालमा जि.डब्लु एम सवारी साधनको आधिकारिक वितरक भि.जि.इम्पेक्स प्रा.लि. ले जि.डब्लु.एमका प्रभावशाली एसयूभीहरू हाभल एच६, हाभल जोलायन, पिक–अप

काठमाडौं । फेसबुकको मूल कम्पनी मेटाले नयाँ च्याटबट ल्याउने भएको छ । मेटाले ल्याउने नयाँ च्याटबट अन्य एआई टुल समान

काठमाडौं । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा– आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष

काठमाडौं । इन्द्र जात्राको अघिल्लो दिन आज बसन्तपुरमा कुमारीहरूको पूजा गरिएको छ । नेवारी समुदायमा बेल विवाह नगरेका बालिकाहरूलाई कुमारी

ताजा समाचार

काठमाडौंमा ‘देउडा आइडल’ आयोजना हुँदै
 २०८०,आश्विन,१३,शनिवार १७:४५
राप्रपाका अध्यक्ष लिङ्देन स्वदेश फिर्ता
 २०८०,आश्विन,१३,शनिवार १७:४०