कैलालीमा बस दुर्घटना, ५ को अवस्था गम्भीर

कैलाली, २९ पुस । कैलालीको लम्कचिुहा नगरपालिका–६ स्थित गुलरामा दुई बस एकआपसमा ठोकिँदा १९ घाइते भएका छन् । जस मध्ये ५को अवस्था गम्भीर रहेको छ कैलालीको टिकापुरबाट धनगढी जाँदै गरेको ना ४ ख ५१३२ नम्बरको बस र महेन्द्रनगरबाट नारायणगढ तर्फ आउँदै गरेको ना७ ख २२६ नम्बरको बस बिहान साढे आठ बजे एक आपसमा ठोक्किँएको हो घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर घाइते ५ जनालाइ थप उपचारका लागि नेपालगन्ज पठाइएको छ बाक्लो हुस्सुका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?