डा.गोविन्द केसीले तोडे अनसन, सरकारसँग पाँच बुँदे सहमति

काठमाडौं, २९ पुस । अनसनमा रहेका त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा.गोविन्द केसीले अनसन तोडेका छन् सरकारसँग ५ बुँदे सहमति भएपछि डा.केसीले शनिबार बिहान १० बजे अनसन तोडेका हुन् । केसीले जुत्ता सिलाई गर्ने नथुनिया मोचीको हातबाट जुस पिएर अनसन तोडेका हुन् सर्वोच्च अदालतले चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) को डीनमा शशि शर्मालाई पुनर्वाहली गर्न आदेश दिएपछि त्यसको खारेजी तथा प्रधानन्यायधीसको राजीनामा माग्दै केसीले पुस २४ गतेदेखि अनसन सुरु गरेका थिए यद्यपि उनलाई अदालतको अवहेलनाको आरोपमा मुद्दा गर्दा गर्दै पक्राउ गरिएको थियो । उनी पक्राउ परेको २ दिनमा नै अदालतकै आदेशमा रिहा भएका थिए सरकार र केसीबीच भएको पाँच बुँदे सहमतिमा चिकित्सा शिक्षा आयोगलाई पूर्णता दिन ७ दिनभित्र सिफारिस समिति गठन गर्ने, त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) को डीनमा प्रा.डा.जगदीशप्रसाद अग्रवाललाई नै निरन्तरता दिनेलगायत सहमति भएको छ यसैगरी त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानको खोसिएको अधिकार फिर्ता गर्ने सम्बन्धमा यसअघि गरिएका सम्झौता कार्यान्वयन गर्न त्रिवि कुलपतिले यथाशीघ्र र यथोचित कदम लिनेसमेत सहमति पत्रमा उल्लेख छ त्रिवि शिक्षण अस्पतालको सेवा र गुणस्तर बृद्धि गर्ने तथा डा.केसीले अनसन तोड्ने सहमति भएको हो । उनले प्रधानन्यायधीस गोपाल पराजुलीले राजीनामा दिने माग अघि सारेपनि त्यस विषयमा सहमति पत्रमा केही उल्लेख छैन डा.केसी चिकित्सा क्षेत्रमा सुधारको माग गर्दै लामो समयदेखि अनसनजस्तो कठिन संघर्ष गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?