मन्त्रमुग्ध पार्ने घान्द्रुक गाउँ : रिफ्रेस हुन जानैपर्ने ठाउँ

पत्रकारको जागिर अनि राजधानीमै घर । दशैँतिहारमा छुट्टि नपाएको, अफिसका साथीहरु आआफ्नो घरगाउँबाट फर्किएपछि मात्र आफूले केही दिन बिदा मिलाएर घुमफिरको लागि निस्किएको, अरुवेला पनि घुम्नलाई खासै बहाना नचाहिने मान्छेलाई भिजिट नेपाल २०२० ले उर्जा थपिदिएको थियो ।

शनिवार बिहान ९ बजे काठमाडौं बालाजु बाईपास पुग्दा मेरा साथि मनिष त्यहाँ आईसकेको रहेछ । अघिल्लो दिनदेखि नै मनमा रमार्हलो लागिरहेको थियो कि सबै साथिहरुसँगै घुम्न जादैछौ । मनिष र म बाहेक बाकी १३ जना साथिहरु शुक्रबार नै पोखरा गईसकेका थिए । मेरो केहिकाम परेका कारण म र मनिष शनिवार जाँदै थियौँ । काठमाडौंबाट पोखरा पृथ्वी राजमार्ग हुँदै २ सय एक किलोमिटर दुरीमा थियो । बाईपासमा ब्रेकफास्ट गरेर हामी लाग्यौ पोखरातर्फ ।

लगभग १० बजे बाईक स्टार्ट गरेका हामी  २ बजे पोखरा पुग्यौँ । पोखरा पुगेर साथिहरुसँग भेटघाट, केहिछिनका रिफ्रेसमेन्ट गरेर हामी घान्द्रुक तर्फ लाग्यौ । पोखराबाट केहि पक्कि बाटोपछि कच्ची र नयाँपुलबाट पूरै अफरोड छ घान्द्रुक । १ दिन ढिला गएकाले हामी (मनिष र म) गएको दिन पोखरा नघुमी घान्द्रुक जाँदै थियौँ । घान्द्रुक जान पोखरा बाट सारङकोट नौडाँडा लुम्ले हुँदै नयाँ पुल स्याउले हुँदै जानु पर्ने रहेछ । हामिले पनि त्यहि बाटो पच्छ्यायौँ । बाटोमा आउने माईल स्टोनले हामीलाई कुन ठाँउ आउन कति कि मि बाकि छ भनेर बारम्बार जानकारी दिँदै पुलकित बनाइरहन्थ्यो ।  साथिहरु बाटोमा देखिने मनोरम दृश्य आँखामा र आ-आफ्ना मोबाईलमा कैद गर्दै थिए । नयाँ पुल सम्म त बाटो राम्रो नै थियो तर नयाँ पुल देखि पुरै बाटो अफरोड थियो । बाटा अफरोड भए पनि जति अगाडि बढ्यो त्यति मनोरम दृश्य देख्दा सबै  दङ्ग थिए । धेरै कठिन बाटो पार गरेर हामी घान्द्रुक पुग्यौ ।

घान्द्रुक पुग्दा त झमक्क साँझ परीसकेको थियो । सुसिल दाईले आफुले चिनेको अन्जलि एन्ड होम स्टेमा लैजानुभयो । होम स्टे निकै सुन्दर र त्यहाको आत्तिथा पनि सारै राम्रो थियो । त्यहाँको आतिथ्यता र न्यानो स्वागतम्को भाकाले अहो झनै मोहित तुत्यायो । बेलुकि खानपिन पछि गरीएको क्याम्प फाईरिङ कम्ता रमाईलो भएन । साथीहरु पालैपाले आगो ताप्तै कम्मर मर्काउँथे । विकास दाईलाई डान्सरको अर्वाड नै थमाईदिने सम्मको कुराकानी, लामो हाँसो र साथीहरुकाबिचको ठट्यौली कुराकानीले रात छिप्पीरहेको पत्तै पाइएन । सुत्न लागीयो । घान्द्रुकमा राति पुगेर होला होम स्टेबाट त्यस्तो केहि दृश्य देखिएको थिएन तर बिहान उठेर हेर्दा त अरे वा छेउमा मुस्कक हाँसेको हिमालले ओ विप्लव स्वागत छ । किन अहिलेसम्म आएनौँ भनेको जस्तै भान भयो । वाउ । साथीहरु चिच्याउँदै थिए । सबैको मुखबाट निस्केको शब्द नै यै हो । वाउ ! आँखै अगाडी अन्नपूर्ण हिमाल र एकाबिहानै त्यसमा परेको सुर्यको किरणले अन्नपूर्ण हिमाल धपक्कै बलेको थियो ।

गुरुङ गाँउ झन मष्तिष्कमा यसरी गडेको छ र ? ढुङ्गा लाई कुदेर बाटोबाटोमा प्रयोग गरिएका थिए । सबै घरहरु नेपाली मौलिक परम्परा झल्काउने खालका थिए । घान्दुकको मौलिक परम्परा आत्तिथा, सुन्दरता साँच्चै जति प्रशंसा गरेपनि कमै हुन्छ । त्यसै दिन घान्द्रुकमा खानपिन गरेर मन नलगाई नलगाई घान्द्रुकलाई बाई – बाई भनियो ।  पोखरामा अलिअलि ठाँउ घुम्न बाकि भएकाले हामी पोखरा घुम्न थाल्यौँ । झमक्क साँझ परेपछि लेकसाईडको रमाईलो हेर्न बहिर निस्क्यौँ । १० बजेतिर होटल फक्यौँ ।  अनि भोलिपल्ट काठमाडौं ।

घान्द्रुक हिमालको काखमा रहेको गाउँ , पाहुनालाई गर्ने आतिथ्यता , प्राकूतिक सुन्दरता हावा पानी वातावरण निकै नै राम्रो छ । ३-४ दिनको छुट्टिमा कतै टाढाको प्लान गर्ने मान्छेका लागी उपयुक्त ‘डेस्टिनेसन’ बन्न सक्छ घान्दुक ।

यति राम्रो ठाउँ घान्दुक तर बाटो धेरै नै अप्ठेरो । घान्दुकको बाटो राम्रो भइदिने हो भने झन् सुनमा सुगन्ध थपिनेथियो । उताबाट फर्किसकेपछि घान्दुक अर्थात् हिमालको काखमा लम्पसार त्यो गाउँ मष्तिष्कबाट कतैपनि जान मानेको छैन । जुन मैले जिवनमा बिर्सन नसक्ने गाँउ र यात्रा बनेको छ ।
साच्चै घान्दुक नेपालको घुम्ने ठाँउहरु मध्य छुटाउनै नहुने ठाँउ हो । कला संस्कृति र प्रकृतिले घान्द्रुकलाई सबैको रोजाई बनाएको छ । त्यहाँ विदेशी पर्यटकहरु पनि उत्तिकै मात्रामा पुगेका हुन्छन् । स्वदेशी पर्यटकहरुको निकै भिडभाड हुन्छ । अहिले होमस्टेहरु पनि टन्नै छन् । तर सकेसम्म होटल लजहरु बुकिङ गरेर जाँदा राम्रो हुने रहेछ । त्यतिमात्रै कहाँ होर सानो खालको गाडी लिएर जानु हुँदैन । यूवाहरुको लागि बाईक कम्र्फट हुन सक्छ । उता अन्नपूर्ण एबिसि जानको लागि पनि मानिसहरुले यहि रुट प्रयोग गर्ने हुँदा बडेमानका ब्याग बोकेका आन्तरीक तथा बाहय पर्यटकहरुको निकै घुईचो लाग्दछ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?