काठमाडौं । केही वर्षयता नेपालीहरुमा विमाको पहुँच बढेको पाइएको छ । २०७६ असोज मसान्तसम्ममा बीमा समितीको तथ्यांकअनुसार बीमाको पहुँच २० प्रतिशत जनतामा पुगेको छ। गत आर्थिक बर्षको यस अवधिमा बीमाको पहुँच १७ प्रतिशत मात्रै थियो। यसलाइ हेर्दा करिव एक वर्षको अवधीमा ३ प्रतिशतले पहुँचमा सुधार आएको हो ।
अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा जिवन बीमा तर्फ बीमाशुल्क संकलन ४१.०१ प्रतिशतले वृद्धि हुँदा निर्जिवन बीमा तर्फ १३.७९ प्रतिशले बढेको पनि विमा समितीले जनाएको छ। यसै अनुसार हेर्दा गत आर्थिक वर्षको प्रथम त्रैमासमा १५ अर्ब २४ करोड ५३ लाख बीमाशुल्क आर्जन गरेको जिवन बीमा कम्पनीले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा २१ अर्ब ४९ करोड ७० लाख बीमा शुल्क आर्जन भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया